फोखरामा प्रहरीको गोली लागेका घाइते खतरामुक्त - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

फोखरामा प्रहरीको गोली लागेका घाइते खतरामुक्त



पोखरा – पोखरामा प्रहरीको गोली लागेर घाइते भएका लागू औषध कारोबारी गोविन्द थापा खतरामुक्त रहेको डाक्टर सुमन पौडेलले बताएका छन् ।

देब्रे खुट्टाको घुँडा मुनि गोली लागेका थापाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले थापा कुख्यात लागू औषध कारोबारी र नियमित सेवनकर्ता रहेको जनाएको छ । ठूलो परिमाणमा लागू औषध ओसारपसार गरिरहेको अवस्थामा उनलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।

उनको साथबाट कम्तिमा १५ सय सेट लागू औषध बरामद भएको छ ।

पक्राउ परेका थापा यसअघि लागू औषध ओसारपसार गरेको आरोपमा दुबईमा पनि पक्राउ परेका प्रहरीले जनाएको छ ।