पोखरामा क्वारेन्टाइन बसेका एक जनाको मृत्यु - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पोखरामा क्वारेन्टाइन बसेका एक जनाको मृत्यु



पोखरा- भारतबाट फर्किएका एक जनाको पोखरामा निधन भएको छ ।

रुपा गाउँपालिकाका ५० वर्षीय विश्ववन्धु नेपालीको मृत्यु भएको जनाइएको छ । उनी १२ दिनअघि मात्रै भारतको हैदराबादबाट फर्किएका थिए ।

५० वर्ष उमेर पुगेका नेपालीको बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

नेपालीलाई मंगलबारदेखि रुपा गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको थियो ।

उनी बुधबार बिहान खाना खाएर सुतेका थिए तर, अबेरसम्म पनि नउठेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको हो ।

नेपालीमा मुटु तथा कलेजोको समस्या रहेको परिवारका सदस्यले जानकारी दिएका छन् ।

भारतबाट फर्किएका कारण उनलाई मंगलबारदेखि क्वारेन्टाइनमा राखिएको थियो ।

उनका कोरोनाको संक्रमणको कुनै लक्षण भने देखिएको थिएन ।