ईश्वर पोखरेलको राजनीतिक भविष्य नै धरापमा - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

ईश्वर पोखरेलको राजनीतिक भविष्य नै धरापमा



नेकपा एमालेका प्रभावशाली नेता ईश्वर पोखरेलको राजनीतिक भविष्य धरापमा परेको छ । भर्खरै सकिएको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका पोखरेलको राजनीति दाउमा लागेको हो । पोखरेल अबको एमाले अध्यक्षको दाबेदार समेत हुन् ।

यसअघि आफैले जित्दै आएको चुनाव क्षेत्रबाट भारी मतले निर्वाचनमा पराजित भएपछि उनको राजनीतिक जीवनमा धक्का लागेको छ । एमालेको हरेक काममा प्रभाव राख्ने पोखरेल धेरैपटक मन्त्रीदेखि उपप्रधानमन्त्री समेत बनेका छन् । अध्यक्ष केपी ओलीका अत्यन्त निकट मानिने पोखरेललाई यो पराजयले ठूलो धक्का दिएको छ ।

ओली निकट भएकैले उनले भर्खरै भएको महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पाउने अवस्था बनेको थियो । उनले यस्ता धेरै अवसर पार्टीबाट लिएका छन् । निरन्तर जित्दै आएको क्षेत्रबाट आफै पराजित हुनु, पार्टीको नेतृत्वमा रहेकै बेला पार्टीले ठूलो हार बेहोर्नुले उनको राजनीति माथि प्रश्न उठ्ने पक्का छ ।

यसअघि पार्टीभित्रै उनका कार्यशैलीमाथि विमति राख्नेहरूलाई बल पुग्ने भएको छ । कतिपय नेताहरूले उनलाई अध्यक्षको प्रतिस्पर्धबाट रोक्न मौका खोजिरहेका थिए । ती नेताहरूका लागि पनि अवसर प्राप्त भएको छ ।

काठमाडौं क्षेत्र नं. ५ मा नेकपा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग उनी भारी मतान्तरले पराजित भएका छन् ।

अन्तिम मत परिणामअनुसार पौडेलले १५२४३ मतसहित विजय हासिल गरेका छन् । पोखरेलले भने १०२१० मत प्राप्त गरेका छन् । उनी ५ हजार भन्दा बढी मतले पराजित बनेका छन् ।