चर्को आलोचना हुन थालेपछि शंकर पोखरेलले गरे ओलीको बचाउ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

चर्को आलोचना हुन थालेपछि शंकर पोखरेलले गरे ओलीको बचाउ



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी ओलीलगायतका नेतालाई कुनै आरोप नलगाउन आग्रह गरेका छन् । पोखरेलले ओलीको नाम नलिए पनि मूल नेतृत्व भन्दै यस्तो संकेत गरेका छन् ।

उनले पार्टीका मूल नेतृत्व तहमा रहेका नेताहरूलाई लक्षित गर्दै मुख्य नेतृत्वलाई लक्षित गरेर आग्रहपूर्ण विचार प्रवाह नगर्न भन्दै उनको केही दोष नभएको अर्थ लगाएका छन् । पार्टीमा ओलीको आलोचना हुँदै आएको अवस्थामा पोखरेलले ओलीको बचाउ गर्दै यस्तो भनेका हुन् ।

घनश्याम भुसाललगायतका नेताहरूले स्थानीय चुनावको नतिजा नकारात्मक आएपछि अध्यक्ष केपी शर्मा ओलीको राजीनामासमेत माग गरिरहेका बेला महासचिव पोखरेलले पार्टीको भविस्यको चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।

विशेषगरी घनश्याम भुसालले बुधबार बिहान पनि एक रेडियो अन्तर्वार्तामा अध्यक्ष ओलीमाथि प्रश्न उठाएपछि पोखरेलले सार्वजनिक रूपमै प्रतिक्रिया दिएका हुन् । उनले मुख्य नेतृत्वप्रति आग्रहपूर्ण विचार राख्नुभन्दा पार्टीलाई एकताबद्ध बनाउने काममा इमानदारीपूर्वक लाग्न सुझाव दिएका छन् ।

महासचिव पोखरेलले भनेका छन्, ‘नेकपा (एमाले) को मुख्य नेतृत्वलाई लक्षित गरेर आग्रहपूर्ण विचार प्रवाह नगर्ने हो र पार्टीलाई एकताबद्ध बनाउने काममा इमानदारितापूर्वक लाग्ने हो भने पार्टीको भविष्यको चिन्ता गर्नुपर्ने अवस्था छैन । मुलुकको विकास र समृद्धिका लागि आवश्यक राष्ट्रिय शक्तिको निर्माण नेकपा (एमाले) भित्रबाटै सम्भव छ ।’