विदेशबाट आएका यात्रुहरुको खोजी गर्दै प्रहरी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

विदेशबाट आएका यात्रुहरुको खोजी गर्दै प्रहरी



कैलाली । प्रहरीले विदेशबाट सुदूरपश्चिम प्रदेशअन्तर्गतका जिल्लामा फर्किएका व्यक्तिहरूको खोजी थालेको छ ।

यही चैत ४ गते कतार एयरवेजबाट १ सय ५८, ६ गते एयरअरेवियाबाट १ सय ७० र चैत ७ गते भारतीय विमानबाट १ सय ३० जना यात्रु नेपाल आएका थिए । उनीहरूमध्ये ४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

विमानमा रहेकाहरूमा पनि संक्रमणको जोखिम रहेको भन्दै प्रहरीले यात्रुको खोजी थालेको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक देवबहादुर बोगटीले बताए।

तीनवटा विमानमार्फत आएकाहरूलाई निगरानीमा राख्न सुदूरपश्चिमका ९ जिल्लामा परिपत्र गरिएको उनले जानकारी दिए ।