पटक-पटक प्रहरी किन पर्छ विवादमा ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पटक-पटक प्रहरी किन पर्छ विवादमा ?



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गायिका आस्था राउतलाई चेकजाँचको क्रममा प्रहरीले ‘दुर्व्यवहार’ गरेको विषयमा पछिल्लो समय पक्ष र विपक्षमा बहस भइरहेको छ ।

१ माघमा भद्रपुर जाने क्रममा विमानस्थलको आन्तरिक टर्मिनलमा चेकजाँचका क्रममा गायिका राउत र महिला प्रहरीबीच विवाद भएको थियो । यो विवादमा कसैले प्रहरीको आलोचना गरेका छन् भने केहीले गायिका राउतकै कमजोरी औँल्याएका छन् ।

गायिका राउतले आफूलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो राखेपछि विवाद सुरु भएको थियो । प्रहरीले सार्वजनिक गरेको सिसिटिभी फुजेटअनुसार कफी र ज्याकेटलाई लिएर विवाद सुरु हुन्छ ।

प्रहरीको व्यवहारको विषय लामो समयदेखि उठ्दै आएको छ  । खासगरी तल्लो तहका प्रहरीको व्यवहार राम्रो हुन नसकेको प्रहरी अधिकारीहरूले आफैँ पनि स्वीकार गर्दै आएका छन् । सुधारका लागि विभिन्न प्रयास पनि गर्दै आएको छ ।

यसका पछाडि समाज, प्रहरीको तालिम र सुविधासमेत जोडिएको प्रहरी अधिकारीहरू बताउँछन् । समाज जस्तो छ, प्रहरी त्यसभन्दा फरक हुन नसक्ने उच्च प्रहरी अधिकारीहरूको भनाइ छ  । नयाँ पत्रिकामा खबर छ ।

पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल भन्छन्, ‘प्रहरी भनेको समाजको एउटा भाग हो, समाज जस्तो छ, प्रहरीमा समाजको अनुहार देखिन्छ ।’