काठमाडौंको ज्यानमारा धुलो : न सरकार छ न सरोकारवाला - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

काठमाडौंको ज्यानमारा धुलो : न सरकार छ न सरोकारवाला



काठामाडौं-

अक्सिजन लिन सुरु गरेपछि कपनका रिदम सिटौला बर्रर रुन थाले । रुवाइ नथामिएपछि आमा मन्दिरा आत्तिदै उनलाई सम्हाल्न तल्लीन थिइन् । उपत्याकाको धुवाँधुलोका कारण दुई वर्षमै रिदमको छाती खराब भएको छ ।

खानापान, सुताइ र बसाइमा ध्यान दिइरहे पनि छोरा पटक-पटक बिरामी पर्दा मन्दिरालाई पर्नु चोट परेको छ ।

चार दिनअघि बल्झिएको छाती घ्यारघ्यार गर्ने, स्याँस्याँ हुने र लगातार खोकी लाग्ने समस्या निको नभएपछि मन्दिराले मंगलबार बिहान उनलाई कान्ति बाल अस्पतालको ओपीडीमा पुर्‍याएकी थिइन् । चिकित्सकले जाँचेलगत्तै रिदमलाई अक्सिजन दिन थालिएको थियोे ।

रिदमपछि अक्सिजन लिन १९ जना बच्चा लामबद्ध थिए । रुँदा, चिच्चाउँदा र झिँझो मान्दा शिशु सम्हाल्न आमाहरू सकसमा देखिन्थे ।

ओपीडीको अर्को कोठामा अस्पतालका निर्देशक डा.गणेशकुमार राई थानकोटकी सात वर्षीया अनुसा न्यौपानेलाई धुवाँधुलोबाट बच्न सल्लाह दिँदै थिए । आमा शिलाले चिकित्सकको सल्लाह ध्यानपूर्वक सुन्दै थिइन् ।

तर, उनीहरूलाई कुर्ने धैर्यता छेउतिर ठेलमठेल गर्दै उभिएका अन्य बच्चाका अभिभावकमा थिएन । डा. राई नजिकै बसेका अर्का चिकित्सकलाई कुपण्डोलका रोशन घिमिरेले आफूलाई घाँटी दुख्ने र सुख्खा खोकी लाग्ने गुनासो गर्दै थिए । रोशनकी फुपू निसाले भनिन्, ‘अचेल उसलाई थकाइ धेरै लाग्छ, झिँझो मान्छ । तनाव लिएजस्तो देखिन्छ ।

धापासीकी निर्मला सुवेदी भीडमा छोरा सच्चन रुन थालेपछि कोठाबाट बाहिरिइन् । सच्चनलाई अचानक लगातार सुख्खा खोकी लागेपछि उनको पनि होसहवास उडेको थियो । मन्दिरा, शिला, निसा, निर्मलाजस्ता सयौं आमा अस्पतालको ओपीडीमा आफ्ना नानीलाई जँचाउन पालो कुर्दै थिए ।

कोठाको उकुसमुकुस भीडमा बिरामी बच्चाले असहज मानिरहेको प्रस्ट देखिन्थ्यो । यस्ता दृश्य अहिले हरेक सरकारी अस्पतालमा देखिन थालेको छ ।
गाडीको धुवाँ, सडकको धुलो, उद्योगको धुवाँ, बालिने धुप, घरमा लगाइने रंगको वाफ तथा चुरोटको धुवाँबाट बच्न चिकित्सको सुझाव छ ।

पत्रपत्रिकाबाट संकलन