पूर्वराजालाई सुर्य थापाको काउन्टर: 'जनता होइन पारस टुहुरा जस्तै भए' - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पूर्वराजालाई सुर्य थापाको काउन्टर: ‘जनता होइन पारस टुहुरा जस्तै भए’



काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले बडा दशैंका अवसरमा दिएको अभिव्यक्तिमाथि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले काउन्टर गरेका छन् ।

शाहले राजनीतिक दल र सरकारले अभिभावकको भूमिका खेल्न नसक्दा जनता टुहुरा भएको संदेश जारी गरेपछि थापाले कडा टिप्पणी गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले विहीबार जारी गरेको सन्देशमा भनिएको छ, ‘जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बांच्ने आत्मबोध सबैमा हुनु पर्दछ । संकटको घडीमा अविभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अविभावक बिहीन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ ।’

पूर्वराजाको उक्त सन्देशमाथि प्रधानमन्त्रीका सल्लाहकार थापाले कडा टिप्पणी गरे । उनले शुक्रबार बिहान ‘नेपाली बहस’ मा अन्तर्वार्ता दिँदै नेपाली जनताभन्दा पूर्वराजाका छोरा पारस शाह टुहुरोजस्तो भएको टिप्पणी गरेका हुन् ।

सल्लाहकार थापाले पूर्वराजाकै छोरा पोखरातिर भौंतारिँदै बिजोगले हिंडिरहेको भन्दै आफ्नो छोरोको राम्रो हेरचाह गर्न सुझाव दिए । आफ्नै छोरो टुहुरोजस्तो भएर हिंडिरहेको बेला जनता टुहुरा भए भनेर टिप्पणी गर्नु उचित नभएको थापाको जवाफ थियो ।

सल्लाहकार थापाले भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई प्रधानमन्त्री ओलीले भेटेकोबारे नकरात्मक टिप्पणी गर्नेलाई फुर्सदिला र दिमाग बिग्रिएका मान्छेको रुपमा टिप्पणी गरे ।