सामाजिक सञ्जालबाट प्रचार गरेका पोष्ट तत्काल हटाउन आयोगको निर्देशन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सामाजिक सञ्जालबाट प्रचार गरेका पोष्ट तत्काल हटाउन आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोष्ट गरेका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामाग्रीहरु मंसिर १ गते राति १२ बजेसम्म हटाउन निर्देशन दिएको छ ।

आयोगले सामाजिक सञ्जालमा पोष्ट भएका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरु मंसिर १ गते राति १२ बजेसम्ममा हटाइसक्न राजनीतिक दल तथा उम्मेदवारहरुलाई निर्देशन दिएको हो ।

आयोगका सहप्रवक्ता कमल भट्टराईले स्थिर समय सुरु हुनुपूर्व पोस्ट गरिएका निर्वाचन प्रचारप्रसारका सामग्रीहरु सम्बन्धित सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनुपर्ने बताए ।

उहाँले उम्मेदवार तथा राजनीतिक दलहरुले आयोगको निर्देशन अटेर गरी सामाजिक सञ्जालबाट प्रचारप्रसार गरे वा प्रचारप्रसार सामग्री नहटाए निर्वाचन ऐन बमोजिम आवश्यक कारबाही हुनेपनि बताए ।

आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन सम्बन्धी प्रचारप्रसारका सामग्री हटाए/नहटाएको अनुगमन गर्ने जनाएको छ ।