विष्णु पौडेल लगायत एक दर्जनलाई कारबाही गर्ने विप्लवको सुची - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

विष्णु पौडेल लगायत एक दर्जनलाई कारबाही गर्ने विप्लवको सुची



काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ललितानिवासको जग्गाकाण्डमा मुछिएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल, व्यापारीलगायत विभिन्न व्यक्तिहरुलाई तारो बनाएको छ ।

विप्लवले विज्ञप्ति जारी गरी नामसहित उनीहरुले ललिता निवासको जग्गासँग सम्बन्धित रहेर कुनै कारोबार गरेमा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

विप्लव समूहले नेकपा महासचिव पौडेलसहित भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ्ग, जग्गा व्यापारी शोभाकान्त ढकाल र रामकुमार सुवेदीको नाम हाइलाइट गरेर कारबाहीको चेतावनी दिएको हो ।

चेतावनी दिएको केही घन्टामै १ माघको साँझ शोभाकान्त ढकालको घरमा बम बिष्फोट गराएको छ ।

ललितानिवासको जग्गा अर्को सूचना प्राप्त नहुञ्जेलसम्मका लागि कब्जा गरिएको विप्लव समूहको घोषणा छ ।

उसले सूचनामा भनेअनुसार निम्न व्यक्तिसँग निम्न जग्गा रहेको छ र त्यसको किनबेच या जग्गासँग सम्बन्धित कुनै कारोबार गरे कारबाही गर्ने धम्की दिएको छ ।

विप्लवको कारबाही सूची
नेकपा महासचिव विष्णु पौडेल ८ आना
मिनबहादुर गुरुङ्ग २२ रोपनी
गोयल ग्रुप २१ रोपनी
श्रदा ग्रुप ४ रापनी
चचन ग्रुप ३ रोपनी
केडिया ग्रुप ३ रोपनी
शोभाकान्त ढकाल र रामकुमार सुवेदी २८ रोपनी
गोपाल खनाल ग्रुप ४ रोपनी
अन्य २९ रोपनी
जम्मा ११५ रोपनी