सुरेन्द्र पाण्डे र गोकर्ण विष्टलाई फकाउने विष्णु पौडेलको प्रयास असफल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सुरेन्द्र पाण्डे र गोकर्ण विष्टलाई फकाउने विष्णु पौडेलको प्रयास असफल



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन बोलाएपछि बालुवाटार निकट नेताहरू माधव नेपाल निकट नेताहरू फकाउन ब्यस्त छन् । निर्णायक मोडमा पुगेको पार्टीको एकता जोगाउने भन्दै ओली पक्षका नेताहरूले भेटघाट तिब्र पारेका छन् ।

बुधबार मात्र सिंहदरबारमा ईश्वर पोखरेलले योगेश भट्टराईलाई भेटेर प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन आग्रह गरेको भोलिपल्ट अर्थमन्त्री विष्णु पौडेलले सुरेन्द्र पाण्डे र गोकर्ण विष्टलाई बोलाएर फकाउने प्रयास छन् ।

स्रोतका अनुसार अर्थमन्त्री पौडेलले नेताहरूलाई टेलिफोन गरेर भेट्न बोलाएका थिए । नक्सालस्थित होटल मेरियटमा अपराह्न साढे चार बजेदेखि भएको कुराकानी करिव १ घण्टा चलेको बताइएको छ ।

लामो कुराकानी भएपनि कुनै ठोस निष्कर्षमा नपुगेको नेताहरूले बताएका छन् । नेता पाण्डे र विष्टले ठोस प्रस्ताव ल्याउन पौडेललाई आग्रह गरेको स्रोतले दाबी गरेको छ । आजको भेटपछि संवाद भने जारी राखौँ भन्दै नेताहरू बाहिरिएका थिए ।

नेता पाण्डे र विष्टले अहिलेको समस्याको समाधानको लागि २०७५ जेठ २ मा फर्कन ओली पक्षलाई आग्रह गरेका थिए उनीहरूले समस्या समाधानको विकल्प नै त्यहि भएको बताएका थिए ।

भेटमा पौडेलले बैसाख २७ मा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन आग्रह गरेको बुझिएको छ । जवाफमा नेताहरूले अहिलेको समस्या ओलीले नै सृजना गरेकाले त्यस्तो कुनै सम्भावना नभएको बताएका थिए ।