महरा काण्डपछि नेकपाकै नेता पौडलका सहयोगीको यौनकाण्ड बाहिरियो - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

महरा काण्डपछि नेकपाकै नेता पौडलका सहयोगीको यौनकाण्ड बाहिरियो



काठमाडौं – तत्कालिन सभामुख कृष्णबहादुर महराको यौन काण्ड सेलाउन नपाउंदै नेकपाकै अर्का प्रभावशाली नेताका सहयोगी तथा माओवादी आन्दोलनका नेताको यौन काण्ड पर्दाफास भएको छ। यसको पछिल्लो सिकार भने नेता देवेन्द्र पौडेलका राजनीतिक सल्लाहकार मुछिन पुगेका छन् ।

पौडेलका सहयोगी जगन्नाथ आचार्य (तत्कालिन कमरेड विज्ञान) माथि तत्कालिन माओवादी कार्यकर्ता समेत रहेकी एक युवतीले यस विषयमा खुलासा गरेकी छन् । यो खुलासासंगै नेकपाभित्रका धेरै यस्ता काण्ड खुल्ने पक्का छ । बिहे गरेको २१ दिनमै जनयुद्धमा आफ्नो श्रीमान गुमाएकी एक नारी खिमा रिजालले आफ्ना अनुभवहरु बाहिर ल्याउने क्रममा जगन्नाथ आचार्यले महिलाहरुमाथि गरेको दुव्र्यहारको भण्डाफोर गरेकी छन् ।

रिजालले हालै आफ्नो संघर्षका पाइला ‘उज्यालोको खोजीमा’ नामक आफ्नो अनुभवहरुको डायरी प्रकाशित गर्दै यस्तो खुलासा गरेकी हुन । उक्त पुस्तकमा आचार्यको यौन चरित्रमाथि प्रश्न उठाउँदै आफूमाथि पनि दुव्र्यहार गरेको बताउदै उनले लेखेकी छन् –‘‘म काठमाडौँ आएर आफ्ना दिनचर्या दुःखसुख गुजारिरहेकी थिएँ । उनी बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयमा देवेन्द्र पौडेलका राजनीतिक सल्लाहकार भएका थिए । उनी त्यहाँ आएपछि पटकपटक मलाई सम्पर्क गर्थे ।

मैले कहिले फोन नउठाउने, कहिले स्विच अफ गरिदिने गर्थे । त्यतिबेला असिना बर्सेजसरी एसएमएस बर्सिन्थे । उनको जोड जहिले पनि मेरो कोठासम्म पुग्ने बन्थ्यो भने मैले म एकल महिला कोठामा कसैलाई लाने गरेकी छैन भनेर ठाडै अस्वीकार गर्दै आएँ । सञ्चारको यो प्रक्रिया २०७१ सालसम्म चलिरह्यो । उनले मेरो श्रीमान्को परिवारसँग अनावश्यक किन मुद्दा गरेकी भन्ने, कहिले विदेश जाऊ यस्तो देशमा के बस्छौ जस्ता अनौठा अनौठा कुराहरू भनिरहन्थे । मैले उनका हरेक कुरा अस्वीकार गरिदिन्थें । कहिल्यै उनलाई भेट्न सहमत नभएपछि अन्ततः उनले २०७१ सालमा मुख खोलेर निरन्तर सम्पर्कमा रहेको कारण बताए ।

उनी मसँग यौन तृष्णा मेटाउन चाहन्थे रे । सेक्स पार्टनर बन्न चाहन्थे रे । जुन कुरा उनकै मुखले सात वर्षको लामो समयपछि बताए । अनि मैले तपाईं एक निष्ठ मार्क्सवादी विवाहपद्धतिमा विश्वास गर्ने मान्छे यत्रो आँट कसरी आयो र भनेर प्रश्न गर्दा छोरा मान्छेले पहल त गरिहाल्छ नि । महिला पो तर्कनुपर्छ भनेर उल्टो उपदेश दिए । लाज मान्नु कताकता अझ ठूलाठूला कुरा पो गर्न थाले । त्यसपछि मैले उनलाई हजुर त मेरो मामासँगै पढेको साथी पनि हो । हजुरको र मेरो न त उमेर मिल्छ न त भावना मिल्छ, बरु हजुरको छोरासँग बिहे गर्छु बुहारी बनाउने आँट गर्नुस् । म भन्दा दुईचार वर्ष मात्र सानो त छ नि तपाईंको छोरा भन्ने जबाफ फर्काएर आजसम्म सम्पर्कहीन बनें।

(यसअघि यसै समाचारमा भाषा र व्यक्तिको नाम अन्यथा हुन गएकोमा क्षमाप्रार्थी छौं, त्यसलाई सुधारिएको जानकारी गराउन चाहन्छौं ।)