लकडाउन: संकटमा कुखुरा व्यवसायी, खाल्डो खन्दै गाड्दै - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

लकडाउन: संकटमा कुखुरा व्यवसायी, खाल्डो खन्दै गाड्दै



विशाल पाण्डेय/कैलाली

कैलालीको घोडाघोडी नगरपालिका-१ का पहल देउवा बिहानै आफ्नो वडा नं ८ मा रहेको कुखुरा फर्ममा पुग्छन् । त्यहाँ पुग्ने बित्तिकै फर्मको नजिकै खाल्डो खन्न थाल्छन् । यो काम अहिले उनको दैनिकी जस्तै बनेको छ । कारण हो, लक डाउनले गर्दा कुखुराको लागि दाना नपाइदा धमाधम कुखुरा मर्नु ।

विश्वमा महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि देशमा लामो समयदेखि लकडाउन हुँदा आफ्ना कुखुराले उत्पादन गरेका अण्डा बिक्री गर्न पाएका छैनन् ।

लकडाउनका कारण उद्योग, कलकारखाना, यातायात, बजार लगायत क्षेत्र ठप्प हुँदा अण्डा विक्री तथा कुखुरालाई चाहिने दाना नहुदा दिनहु कुखुरा मर्ने हुँदा खाल्डो खनेर गाड्नु पर्ने स्थिति आएको घोडाघोडी पोल्टि प्रा.लि.का संचालक पहल देउवाले बताए ।

करिब १६ हजार लेयर्स कुखुरा पालन गरेका देउवाको एक दिनमा करिब १० हजार पिस अण्डा उत्पादन हुने गरेको छ । कुखुरा फर्ममा रहेका कुखुराहरुले प्रत्येक दिन अण्डा दिन्छ्न , ती अण्डाहरु बेच्नका लागि तयार अवस्थामा छन्। देउवाले भने , ” तर, बजार बन्द हुँदा आफुले बिक्रि गर्न पाएको छैन ।’ बन्दले कुखुरा लाई दाना पनि ल्याउन सकिएको छैन् , दिनमा करिब १५ क्विन्टल दाना चाहिन्छ उनले थपे , दाना नहुदा दिनहुँ कुखुराहरु मरि रहेका छन् । सरकारले दाना ल्याउने व्यवस्था मिलाउन नसके कुखुरा पालन व्यवसायबाट नै विस्थापित हुने अवस्थामा आइन्छ ।”

त्यस्तै घोडाघोडी नगरपालिका-१ सुखडका तारगेट पोल्ट्री फर्मको समस्या पनि त्यस्तै छ । लक डाउनको कारण यातायात र बजार बन्द हुँदा उत्पादन गरिएको अण्डा विक्री गर्न नपाएको संचालक नवराज बस्नेतले बताए । उनले दाना नहुदा कुखुराहरु धमाधम मर्न लागेको बताए । उनले समयमै दाना उपलब्ध नहुने हो भने ऋण लिएर गरिएको लाखौं लगानी डुबेर कुखुरा व्यवसयी नै विस्थापित हुने बताए ।

यी त उदाहरणका पात्र मात्र हुन देश लकडाउन हुँदा देउवा र बस्नेतले मात्रै होइन, यहाँका कुनै पनि कुखुरा व्यवसायीले आफ्नो फर्ममा तयार भएका कुखुरा तथा अण्डा बिक्री गर्न पाएका छैनन्।

लकडाउनका कारण सुदूरपश्चिम प्रदेशका कुखुरा पालक किसानले दैनिक करोडको घाटा व्यहोर्नु परेको अण्डा तथा कुखुरा उत्पादक संघ कैलालीका अध्यक्ष भुवन पाण्डेले बताए । लकडाउनले गर्दा यातायात संचालनमा नआउँदा तयारी अवस्थामा रहेका कुखुरा तथा अण्डा विक्री गर्न नपाएर कुखुरा व्यवसायी संकटमा परेको पाण्डेले बताए ।

कैलालीमा मात्र दिनमा १५ क्विन्टल कुखुराको मासु र ३ लाख पिस अण्डा खपत हुने हुँदा यातायात बन्द भएर १० प्रतिशत पनि बजारमा खपत नभएको अध्यक्ष पाण्डेले बताए ।

बजार नखुल्दा तथा कुखुराका लागि आवश्यक दाना तथा औषधी अभाव हुँदा कुखुरा पालक किसानहरुले ज्युँदै कुखुरा खाल्डोमा गाड्नु परेको समेत अध्यक्ष पाण्डेले गुनासो गरे ।

ठुला लगानी गरेर कुखुरापालन व्यवसाय गरिरहेको कृषकहरु लकडाउनले दाना किन्न र ढुवानी गर्नुका साथै उत्पादक अण्डा, मासु तथा चल्ला बिक्रि गर्न नपाए पछि चिन्तित बनेका छन् । कैलालीमा हाल करिब २१ सय बोइलर कुखुराको फर्म रहेका छन् भने करिब ८० वटा लेयर्स कुखुराको फर्म रहेका छन् ।