प्रकाश दाहालले पाउने, धुर्मस-सुन्तलीले नपाउने यो कस्तो पदक ? « Himal Post | Online News Revolution
Logo

प्रकाश दाहालले पाउने, धुर्मस-सुन्तलीले नपाउने यो कस्तो पदक ?



काठमाडौँ, १५ जेठ ।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका छोराछोरीले राज्यले दिने विभुषण तथा पदक दिएको खबरको विरोध भइरहेका बेला घरबारबिहीन र घर भत्किएकाहरूलाई घर बनाएर निःशुल्क उपलब्ध गराउने सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई भने कुनै पनि पदक दिइएन ।

गणतन्त्र दिवस ०७४ को अवसर पारेर राज्यले ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने निर्णय गरेको थियो ।

धुर्मुस–सुन्तलीले गरेको योगदानलाई राज्यले देख्न नसकेको भन्दै असन्तुष्टि बढेको छ ।

यति लामो सूचीमा केही यस्ता व्यक्तिको नाम भेटिएन, जो पदकका सबैभन्दा बलिया दावेवार थिए ।

तीन ठाउँमा एकीकृत बस्ती निर्माण गरेर हस्तान्तरण समेत गरिसकेको यो जोडीको नाम कहिकतै सम्मानमा नहुँनु दुःखको कुरो भएको टिप्पणी हुन थालेको छ ।

राज्यको तर्फबाट दिइने कुनै पनि सम्मानको अहिलेसम्म आफूहरूले नपाएको कलाकार सीतारमा कट्टेल ‘धुमर्स’ले बताए ।

गत वर्ष ‘प्रवलजनसेवा श्री’ सिफारिसमा परेपनि अहिलेसम्म उक्त पदक नपाएको सीताराम कट्टेल ‘धुर्मुस’ले बताए ।

धुर्मुस सुन्तलीले काभ्रेको पहरी गाउँमा, गिरानचौर र महोत्तरीका मुसहर समुदायका लागि गरेर तीन एकीकृत नमुना बस्तीबाट निर्माण सम्पन्न गरिसकेका छन् ।

सामाजिक संजालबाट