माओवादी केन्द्रको विद्यार्थी सङ्गठन भारतमा गठन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

माओवादी केन्द्रको विद्यार्थी सङ्गठन भारतमा गठन



नयाँ दिल्ली 

भारतमा नेकपा माओवादी केन्द्र निकट अखिल भारत नेपाली विद्यार्थी मञ्च गठन भएको छ ।  आइतबार भारतको राजधानी नयाँ दिल्ली एनसीआरका सीए विद्यार्थी भेला गरी कार्यक्रम गरिएको थियो ।

विद्यार्थी युवा नेता हिमाल अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य लक्ष्मण पन्तले  समग्र विद्यार्थी आन्दोलन र अग्रगामी राष्ट्र निर्माणमा विद्यार्थीहरूको भूमिकाबारे मन्तव्य राख्दै शुभकामना दिएका थिए ।

अखिल भारत नेपाली एकता मञ्चका अध्यक्ष इश्वरी भण्डारीले प्रवासी नेपालीका मुख्य समस्या र समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा आफ्नो मन्तव्य सहितको  शुभकामना दिएका थिए । अखिल भारत नेपाली एकता मञ्चका सचिव आरबी खड्काले युवा शक्ति परिवर्तनका संवाहक र राष्ट्र निर्माणको मेरुदण्ड बताउंदै  नवनिर्वाचित विद्यार्थीहरुलाई शपथ ग्रहण गराएका थिए ।

सयुक्त क्षेत्रीय समिति अध्यक्ष ज्ञानु बहादुर केसी र विद्यार्थी विभाग प्रमुख कृष्णसिंहले शुभ कामना मन्तव्य राखेका थिए भने भारत प्रवासका मित्र सङ्ग -सङ्गठन नेविसंघबाट राहुल यादव, समाजिक सङ्ग संस्थाबाट सन्दिप पान्डे , वामपन्थी बुद्धिजीवीबाट विस्णुदेब यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

माओवादी केन्द्र निकट अखिल भारत नेपाली विद्यार्थी मञ्च सयुक्त क्षेत्रीय समितिको सीए विद्यार्थीमा अध्यक्ष मदन बस्नेत वरिष्ठ उपाध्यक्ष युवराज पोखरेल ,उपाध्यक्ष रामअवदेश महतो ,महासचिव नवीन जी सी, सचिव सञ्जय सापकोटा सहसचिव प्रदीप कार्की, सह सचिव रन्जित भण्डारी ,कोषाध्यक्ष नवीन भुर्तेल गरी २१ सदस्यीय समिति गठन गरिएको थियो ।