प्रभुलाई सहयोग गरेका पाँच जनप्रतिनिधिमाथि एमालेले लियो "एक्सन" - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रभुलाई सहयोग गरेका पाँच जनप्रतिनिधिमाथि एमालेले लियो “एक्सन”



काठमाडौँ- स्वतन्त्र उम्मेदवार प्रभु साहलाई चुनावमा सहयोग गरेका कारण रौतहटमा पाँच जना जनप्रतिनिधिको पद धरापमा परेको छ ।

प्रभु साहकी श्रीमती मौलापुर नपाकी मेयर रिना साह, उपमेयर नागेन्द्र राय यादव, देवाही गोनाही नपाको मेयर प्रेमलाल साह, उपमेयर परनीया देवी पटेल र गरूडा नपाको मेयर कन्थमनी प्रसाद जयसवालले नेकपा एमालेको विधानविपरीत स्वतन्त्र उम्मेदवार प्रभु साहको चुनावी प्रचारप्रसारमा संलग्न भएको भन्दै स्पष्टीकरण सोधिएको छ ।

एमालेले २४ घण्टाभित्र स्पष्टीकरणबारे जानकारी गराउन पत्र काटिएको जनाएको छ । चित्त बुझ्दो जवाफ नआए बाध्य भएर पार्टीले कारबाही गर्ने चेतावनी दिएको हो ।