प्रभु मनि ट्रान्सफर र हिमाचालको एच पी स्टेट बीच रेमिटेन्स सम्झौता - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रभु मनि ट्रान्सफर र हिमाचालको एच पी स्टेट बीच रेमिटेन्स सम्झौता



हिमाचल/भारत : प्रभु मनी ट्रान्सफरले भारत स्थित हिमाचल प्रदेशको एच पी स्टेट कोअपरेटिभ बैक लिमिटेडसँग रेमिटेन्स सम्झौता गरेको छ ।

हिमाचलमा काम गर्ने हजारौं प्रवासी नेपालीहरूले थप सजिलो हुने गरी एच पी स्टेट कोअपरेटिभ बैक लिमिटेडक करिब २४० शाखाहरूबाट नेपालमा पैसा पठाउन सक्ने छन् ।

भारतको जुन कुनै ठाउँबाट पठाएको पैसा नेपालमा प्रभु बैक लगायत अन्य सबै वाणिज्य बैक र सहकारी संस्थाका खाताहरूमा तुरुन्तै जम्मा गर्न सकिने छ भने देशभरमा ८००० भन्दा बढी प्रभुका रेमिट्यान्स काउन्टरहरूबाट पैसा नगद प्राप्त गर्न सकिने छ।