प्रभु मनि र जल्दी क्यास बिच सम्झौता,भारतबाट अब १५० मै नेपाल पैसा पठाउन सकिने - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

प्रभु मनि र जल्दी क्यास बिच सम्झौता,भारतबाट अब १५० मै नेपाल पैसा पठाउन सकिने



भारतबाट नेपाल पैसा पठाउनको लागी प्रभु मनि ट्रान्सर्फर भारत र वाइजमेन इम्पेस सर्भिस लिमिटेड (जल्दी क्यास) बिच सम्झौता भएको छ।

सम्झौतामा प्रभु बैकबाट भारत प्रमुख सुनिल मिश्र र जल्दी क्यासबाट योगेश मिश्रले हस्ताक्षर गरेका छन्।

मङ्गलवारदेखि भारतमा काम गर्ने नेपालीले जल्दी क्यासका १०,००० भन्दा बढी सञ्जालबाट सरल, सहज र सुरक्षित तरिकाले नेपाल पैसा पठाउन सक्नेछन् ।

भारु ३०,००० सम्म १५० शुल्क र ३०,००० देखि ५०,००० सम्म २०० शुल्कमा नेपालका कुनै पनि बैक खातामा पैसा पठाउन सकिनेछ। त्यसै गरी नेपालमा प्रभु बैकका ८००० भन्दा बढी सञ्जालबाट पनि पैसा निकाल्न सकिनेछ ।

विगत ८ वर्षदेखि भारतमा नेपालीको हितमा काम गर्दै आएको प्रभु बैकले २० भन्दा बढी भारतीय कम्पनीसँग मिलेर काम गर्दै आएको छ ।