प्रभु मनि ट्रान्सफर (भारत ) र ITZ Cash Card Limited मुम्बईबीच रेमिटेन्स कारोबार गर्ने सम्झौता - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रभु मनि ट्रान्सफर (भारत ) र ITZ Cash Card Limited मुम्बईबीच रेमिटेन्स कारोबार गर्ने सम्झौता



नयाँ दिल्ली /हिमाल पोस्ट बैशाख ८ 

प्रभु मनि ट्रान्सफर (भारत ) र ITZ Cash Card Limited मुम्बईबीच रेमिटेन्स कारोबार गर्ने सम्झौता भएको छ ।

प्रभु मनि ट्रान्सफर भारतले  आफ्नो एजेन्ट बिस्तार गर्ने क्रममा ITZ Cash Card Limited मुम्बई संग नेपाल पैसा पठाउनको लागि रेमिट्यान्स संझौता गरेको प्रभु   मनि ट्रान्सफरका भारत प्रमुख सुनिल मिश्रले जनाकारी दिनु भएको छ।  जस अनुसार भारतमा रहेका प्रवासी नेपालीहरुले आफ्नो नागरिकताबाट भारतभरि छरिएर रहेका एक लाख भन्दा बढी ITZ Cash Card Limited का एजेन्टबाट नेपालमा सजिलै पैसा पठाउन सक्ने बताउनु भएको छ  ।

ITZ Cash Card Limited भारतको रेमिटेन्स कारोबारगर्ने एक प्रतिष्ठित कम्पनी हो | भारतबाट पठाईएको पैसा, प्रभु बैंकको खातामा वा नेपालस्थित अन्य बैंकको खातामा एवंम्  सहकारी संस्थाको खातामा तुरुन्तै जम्मा गर्न सकिनेछ ।    प्रभु बैंकका नेपालभरीका शाखा अथवा प्रभु मनि ट्रान्सफरको नेपालभरीका सात हजार  भन्दा बढी एजेन्ट नेटवर्क मार्फत तुरुन्तै नगत भुक्तानी लिन सकिनेछ  ।

भारतबाटै प्रभु बैंकमा आफ्नो खाता खोली रकम जम्मा गर्ने व्यबस्था हुनको साथै निशुल्क रेमिटेन्स कार्ड  उपलब्ध गराउने व्यबस्था पनि मिलाइएको मिश्रले हिमाल पोस्टलाई बताउनु भयो ।