प्रभु साहले भने: नेतृत्वको महान कार्यले फेरि लज्जित बनायो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रभु साहले भने: नेतृत्वको महान कार्यले फेरि लज्जित बनायो



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद प्रभु साहले मन्त्रिपरिषद पुनगर्ठनमा चर्को असन्तुष्ट जनाएका छन्। मन्त्रिमण्डल पुनर्गठन पश्चात सामाजिक सञ्जालमा लेख्दै उनले प्रधानमन्त्री ओली र प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

नेता शाहले गुटगत र लेनदेनकै आधारमा मन्त्रिपरिषद पुनगर्ठन गरेको आरोप लगाएका छन् । ‘कार्यसम्पादन को आधारमा मन्त्रिपरिषद पुनगर्ठन गर्ने भनिए पनि अन्तत गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो’ उनले लेखेका छन् ।

कम्युनिष्ट मुल्य मान्यता पनि लागू नगरिएको उनको अर्को आरोप छ । उनले लेखेका छन् ‘मन्त्री हटाउँदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखिएन । योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरि एक चोटी लज्जित भएका छौं ।’