प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य बढ्यो - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य बढ्यो



काठमाडौं- प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य वृद्धि भएको छ । आइतवार ९ दशमलव ९६ प्रतिशत वृद्धि भएको हो ।

अहिले कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २९८ पुगेको छ । मार्केट डेप्थमा विक्री चाप शून्य छ भने ९ लाख ५१ हजार ८६९ कित्ता खरीद माग रहेको छ ।

कम्पनीको शेयर कारोबार तल्लो मूल्यबाट शेयर कारोबार खुला भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. १०९ दशमलव ५६ देखि ३२८.६८ ओपन रेञ्ज तोकेको छ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणा बढीसम्म मूल्य तोक्ने गर्दछ ।

कम्पनीले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीको आईपीओमा १० लाख ४९ हजार ४७ जना योग्य आवेदकबाट २ करोड ७८ लाख २१ हजार १६० कित्ता शेयरको लागि रू. २ अर्ब ७८ करोड बराबरको आवेदन परेको थियो । ५ लाख ४० हजार आवेदकले १० कित्ता शेयर पाएका थिए ।