यो सामान्य तालमेल होइन, बामपन्थी ध्रुबीकरण हो–प्रचण्ड - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

यो सामान्य तालमेल होइन, बामपन्थी ध्रुबीकरण हो–प्रचण्ड



चितवन, कात्तिक १३ ।

पूर्वप्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले भैरहेको बामपन्थी गठबन्धन केबल चुनाबका लागि मात्र भन्ने बुझ्न नहुने बताएका छन ।

अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धन बामपन्थीहरूका बीच बृहद ध्रुबीकरण गरी नेपालमा एउटै कम्यूनिष्ट केन्द्र स्थापना गर्ने उद्देश्यका साथ अगाडि बढेको बताए ।

प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपाल चितवन शाखाले संयूक्तरूपमा सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार भेटधाट कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो कुरा बताएका हुन ।

नेकपा माओवादी र एमालेका बीच पार्टी एकीकरण संयोजन समिति समेत निर्माण भर्इ काम अगाडि बढिरहेको अवस्थामा यसप्रति कोही कसैले शंका उपशंका गर्नु नहुने बताए ।