देउवा सरकारले माओवादी नेतामाथि आक्रमण गरेको प्रचण्डको आरोप - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

देउवा सरकारले माओवादी नेतामाथि आक्रमण गरेको प्रचण्डको आरोप



चितवन ।

पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा सरकारले माओवादी नेतामाथि शृंखलावद्व आक्रमण गरेको आरोप लागेका छन् ।

भरतपुरको आँपटारीमा आयोजित वनभोज कार्यक्रममा क्षेत्र नम्बर ३ का उम्मेदवार समेत रहेका प्रचण्डले हतियारसहित पक्राउ परेका व्यक्तिहरुलाई रिहा गर्न कांग्रेसका जिम्मेवार नेताहरुले नै वक्तब्य निकाल्नुले ‘दालमा कुछ काला है’ भन्ने प्रस्ट भएको बताए ।

माओवादी उम्मेदवारहरुलाई लक्षित गरी भएका श्रृखलावद्ध आक्रमणमा सरकार जिम्मेवार रहेको उनको दाबी छ ।

रोल्पा रुकुम जस्ता क्षेत्रमा माओवादी उम्मेदवारमाथि आक्रमण गर्न सरकारले नै निर्वाचन विरोधी शक्तिको प्रयोग हुन सक्ने प्रचण्डको आशंका छ । ‘मैले पछिल्ला घटनाबारे एमाले अध्यक्ष केपी ओलीसँग पनि सल्लाह गरेको छु’ प्रचण्डले भने, ‘सबै सचेत नागरिकले यसमा खबरदारी गर्न आवश्यक छ ।’

उनले कांग्रेस नाम मात्रको लोकतन्त्रवादी भएको समेत बताए । उनले अघि भने, ‘खासमा लोकतन्त्रवादी हामी हौं, कांग्रेसले शब्दको गलत प्रयोग गरेको छ ।’