'प्रचण्ड' बनेर प्रचारमा जानुहोस, नत्र विक्रम पाण्डेले सिध्याउलान - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

‘प्रचण्ड’ बनेर प्रचारमा जानुहोस, नत्र विक्रम पाण्डेले सिध्याउलान



चितवन

वाम गठबन्धनका कार्यकर्ताहरुलाई चुनावमा खट्ने सबैलाई प्रचण्ड बन्न निर्देशन दिएका छन ।  आफु चितवनबाट अन्य जिल्लामा जानु पर्ने भएकोले उनले यस्तो निर्देशन गरेका हुन् ।

पार्टी एकतामा ढुलमुल भएपछी माओवादी केन्द्रका अध्यक्ष समेत रहेका ‘प्रचण्ड’ले नेकपा एमाले र आफ्नो दल एक हुने कुरामा शंका नगर्न पनि कार्यकर्तालाई आग्रह गरेका छन्।

एमाले र आफ्ना कार्यकर्तालाई उत्प्रेरणा दिंदै प्रचण्डले चुनावको प्रचारमा जाँदा प्रचण्ड बनेर जानुहोला नत्र बिपक्षीहरुले सिध्याउन सक्छन, चलखेल गर्न सक्छन ।

विक्रम पाण्डेलाई लक्षित गर्दै प्रचण्डले बिपक्षहरुले सिध्याउलान भन्दै थिए तर यो सम्झेनन कि चुनाव जित्नकै लागि जे पनि गर्ने त उनी हुन, भन्छन फटाहाले अरुलाई पनि फटाहा नै सोंच्छ, सायद यहि होला । एक एमाले कार्यकर्ताले नाम नबताउने सर्तमा हामीलाई बताए ।