'घर न घाटको हुनुभो' भन्दै प्रचण्डले बाबुरामलाई गिज्याए ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

‘घर न घाटको हुनुभो’ भन्दै प्रचण्डले बाबुरामलाई गिज्याए !



काठमाडौं ।

गोरखामा चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी छाडेर माओवादीमा आउन डा. बाबुराम भट्टराईलाई आग्रह गरेका छन् ।

नयाँ शक्तिका संयोजक भट्टराईले प्रतिनिधिसभा सदस्यका लागि गोरखा-२ मा उम्मेदवारी दिएका छन्, जहाँ माओवादीका नारायणकाजी श्रेष्ठ उम्मेदवार छन् ।

बुधबार संयुक्त चुनावी भेलालाई सम्बोधन गर्न केपी ओली र प्रचण्ड गोरखा पुगेका छन, गोरखामा नारायणकाजी श्रेष्ठलाई भोट माग्दै बाबुरामलाई घरको न घाटको भएको बताएका हुन् ।

प्रचण्डले अझै पनि आफूलाई बाबुरामको माया लाग्ने गरेको सुनाए । अघि भने, म अहिले पनि भन्छु, उम्मेदवारी छोड्दिनुस् । माओवादी, आन्दोलन, प्रचण्ड छोडेर गल्ती गरेँ भनेर आउनुस्, तपाईलाई स्वागत गर्न तयार छु ।’

बाबुराम घर न घाटको हुन लागेको प्रचण्डले बताए । बाबुराम दिल्लीमा आपले जस्तै नयाँ शक्ति बनाउँछु भनेर हिँडेको तर, असफल भएको भन्दै उनले भने, नेपाल दिल्ली होइन, गोरखा दिल्ली होइन, तपाई केजरीवाल पनि होइन । यो हुनै नसक्ने कुरातिर तपाई किन लाग्नुभयो ?’

कांग्रेसमा अवसरवादी, विचार नभएको, विचलनमा परेको, बुद्धि नभएको भन्नेवाला छन भन्दै बाबुराम भट्टराईलाई गिज्याएका थिए ।