विकास र समृद्धिको नेतृत्व प्रचण्डले गरोस् भन्ने जनताको चाहना छ : प्रचण्ड - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विकास र समृद्धिको नेतृत्व प्रचण्डले गरोस् भन्ने जनताको चाहना छ : प्रचण्ड



रत्ननगर।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धि नेतृत्व प्रचण्डले गरोस् भन्ने जनताको चाहना रहेको बताउनुभएको छ ।

चितवनको भरतपुरमा हिजो  रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले राष्ट्र र नेपाली जनताको हितमा गर्ने गरेका साहसिक निर्णयको परिणामकै आधारमा अहिले जनताले यस्तो चाहना गरेको दाबी गर्नुभयो ।,यो खबर आजको गोरखापत्र बाट लियिएको हो ।

चितवन निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका पूर्वप्रधानमन्त्री दाहालले जनताको भावना पूरा गरेर छाड्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । एउटा नेताले विद्रोह, शान्ति प्रक्रिया, संविधान निर्माण र लोकतान्त्रिक प्रक्रियाको पनि नेतृत्व गर्ने अवसर कमैलाई हुने भन्दै उहाँले आफूले त्यस्तो भूमिका खेल्ने अवसर प्राप्त गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

राजनीतिक स्थायित्वका लागि वाम गठबन्धन अहिलेको आवश्यकता भएको भन्दै अध्यक्ष दाहालले अहिलेसम्म आफूले काँग्रेसलाई धोका नदिएको बताउनुभयो । उहाँले वाम एकताको घोषणा अगाडि प्रधानमन्त्री देउवालाई जानकारी गराएर आएको समेत बताउनुभयो । अहिले पनि सरकारमै रहेकाले आगामी समयमा पनि काँग्रेससँग सहकार्य हुने दाहालको भनाइ थियो ।

सिद्धान्त र विचार मिल्नेसँग सहकार्य गर्नु जरुरी रहेको उहाँले बताउनुभयो । अहिले चितवनमा चुनावी अभियानमा हिँड्दा जनताको चाहना सडक कालोपत्र बनोस्, जंगली जनावरबाट सुरक्षाको ग्यारेन्टी र नारायणी राप्ती तथा रिउ नदीको तटबन्ध खोजेको बताउनुभयो । यी समस्या समाधान गर्ने भन्दै उहाँले चितवनका सचेत जनताको अभिमत लिएर राष्ट्रकै नेतृत्व गर्ने बताउनुभयो ।

उहाँले चितवनलाई एशियाली मापदण्डको शहरका रुपमा विकास गर्ने योजना आफूले बनाएको उल्लेख गर्नुभयो ।