प्रचण्डको अपिल : निन्द्राबाट बिउझिने गरौँ - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

प्रचण्डको अपिल : निन्द्राबाट बिउझिने गरौँ



भदौ २८, काठमाडौ-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निन्द्राबाट बिउझिने बित्तिकै हिडेर एकताबद्ध हुन अपिल गरेका छन् । उनले माओवादी आन्दोलनलाई केहि बर्षभित्र शक्तिशाली बनाउने उदघोष गर्दै बिभाजित भएका र अन्य दलमा रहेकाहरुलाई निन्द्राबाट बिउझिन अपिल गरेका हुन ।

‘जो जहाँबाट बिउँझिन्छ,त्यहिबाट हिडने हो । धेरै साथीहरु अझै निन्द्रामा हुनुहुन्छ । उहाँहरु पनि निन्द्राबाट बिउझिएपछि हिडनुहुन्छ । र हामी सबै एकताबद्ध हुनेछौ’ मंंगलबार काठमाडौमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले भने । आफनो पार्टीमा प्रवेश गर्नेहरुको लहर आगामी प्रदेश र संघीय संसदको चुनावसम्म बढदै जाने प्रचण्डले बताए ।

माओवादी बिभाजित गर्नेहरुलाई जनताले अस्वीकार गरेको र जनताले माओवादी आन्दोलनका घटकहरुलाई एकताबद्ध हुन निर्देशन दिएको,सबै मिलेर फेरी शक्तिशाली माओवादी आन्दोलनको नेतृत्व गर्ने प्रचण्डले बताए । हामीले देखेको ‘सपनालाई साकार पार्ने एकतामा आएर होइन,बिभाजित भएर होइन’प्रचण्डले भने ।