मधेसी जनताको साथ माओवादीलाई : प्रचण्ड - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मधेसी जनताको साथ माओवादीलाई : प्रचण्ड



असोज ८, काठमाडौं ।

पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश दुईको निर्वाचनले मधेसी जनता माओवादीको साथमा रहेको पुष्टि भएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै उनले परिवर्तनलाई संस्थापन गर्न र मुलुकलाई समृद्ध बनाउन पनि माओवादी केन्द्रले अबका निर्वाचनमा जित्नै पर्ने दावी गरे ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीले नजिते मुलुक गम्भिर दुर्घटनामा फस्ने चेतावनी समेत उनले दिएका छन् ।

अध्यक्ष दाहालले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुट्न पनि पार्टीका नेता कार्यकर्तालाई आह्वान गरे ।