प्रचण्डले चलाएको दुईधारे तरवार : महाभियोगले ओली 'घाइते', एमसीसीमा देउवामाथि धोका - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रचण्डले चलाएको दुईधारे तरवार : महाभियोगले ओली ‘घाइते’, एमसीसीमा देउवामाथि धोका



  • मोति खनाल

प्रतिनिधि सभाको बुधवारको बैठकमा एमसीसी टेबल हुन नसकेपछि केही कांग्रेस सांसदले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई धोका दिएको आरोप लगाए ।

अमेरिकी सहायता परियोजना (एमसीसी)लाई संसदमा टेबल गर्न सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव लैजानुपर्ने प्रचण्डको पूर्वशर्त थियो, त्यो देउवाले पूरा गरिसकेका छन् । तर अन्तिम अवस्थामा एमसीसीमा प्रचण्ड एमसीसीविरुद्ध उभिए ।

एमसीसीलाई जसरी पनि संसदमा टेबल गराउन लागिपरेका देउवा त्यतिबेला झस्किए जतिबेला प्रचण्डले आफ्नो संसदीय दलको बैठकबाट एमसीसी कुनै हालतमा संसदमा पेश हुन नसक्ने निर्णय गराएर बालुवाटार पुगे । बुधवार बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसी संसदमा टेबल भए गठबन्धन तोडेर अघि बढ्नुपर्ने निर्णय गरेको थियो ।

शनिवार बालुवाटारमा भएको छलफलमा प्रचण्डले देउवालाई भनेका थिए, ‘चोलेन्द्रविरुद्ध महाभियोग दर्ता गरिहालौं, ४ गते बस्ने बैठकमा एमसीसी अघि बढाऔं । न्यायालयमा देखिएको समस्या र एमसीसीलाई प्याकेजका रूपमा हल गर्नुपर्ने मेरो प्रस्ताव हो ।’

अनि देउवा प्रचण्डको प्रस्तावमा तयार भए । आइतवार बिहान कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूको हस्ताक्षर संकलन भयो । दश बजेपछि संघीय संसद सचिवालयमा जबराविरुद्ध महाभियोगको अस्त्र फ्याँकियो । त्यतिबेला कांग्रेस सांसदहरूले भनेका थिए, ‘न्यायालयमा देखिएको बेथिति समाप्त गर्न महाभियोग ल्याइएको हो ।’

प्रचण्ड ढुक्क थिए – जबराविरुद्धको महाभियोग प्रस्तावमा एमाले विभाजित हुन्छ भन्ने । ओलीले महाभियोगको डटेर सामना गर्नुपर्ने त भने तर जबरा बोकेर अघि बढ्न नसकिने निष्कर्ष पनि निकाले ।

अहिले तिनै सांसदहरूले प्रचण्डले धोका दिएको गुनासो गर्न थालेका छन् । बुधवार जम्मा ५ मिनेट बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो अवरोध कायमै राखेको थियो भने केही शोक प्रस्ताव पेश गरेर सभामुख सापकोटाले ६ गतेसम्मका लागि बैठक स्थगित गरिदिए ।

जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि एमाले अत्तालियो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालय ध्वस्त पार्न र घोषणा भइसकेको स्थानीय तहको निर्वाचन पछि धकेल्ने उद्देश्यले महाभियोग प्रस्ताव दर्ता भएकाले यसको डटेर सामना गर्नुपर्ने अभिव्यक्ति दिए ।

प्रचण्ड ढुक्क थिए – जबराविरुद्धको महाभियोग प्रस्तावमा एमाले विभाजित हुन्छ भन्ने । ओलीले महाभियोगको डटेर सामना गर्नुपर्ने त भने तर जबरा बोकेर अघि बढ्न नसकिने निष्कर्ष पनि निकाले । सोमवार बसेको एमाले संसदीय बैठकमा सांसदहरूले एमसीसी र जबरा बोकेर चुनावमा जान नसकिने प्रष्ट पारे ।

जबराविरुद्धको महाभियोगलाई काउन्टर दिन एमालेले ६ ठाउँमा आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरेर राखेको छ । गत आसार २८ गते देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने संवैधानिक इजलासका थप ४ न्यायाधीश, सभामुख अग्नीप्रसाद सापकोटा र आवश्यक परे उपराष्ट्रपति नन्दकिशोर पुनमाथि महाभियोग प्रस्ताव दर्ता गर्नका लागि ६ ठाउँमा सांसदहरूको हस्ताक्षर लिइएको थियो ।

तर महाभियोगविरुद्धको काउन्टर महाभियोगले एमालेलाई नै ब्याकफायर हुने देखेपछि ओली हच्किएका छन् । उनले अहिलेसम्म काउन्टर महाभियोगको निर्णय पार्टीबाट गराउन सकेका छैनन् । जबराविरुद्धको महाभियोगमा ओलीलाई प्रचण्डले ‘यता न उता’ बनाइदिएका छन् ।

शनिवारै बसेको गठबन्धन बैठकमा एमसीसीलाई संसदमा टेबल गर्ने तर माओवादी र नेकपा एसका सांसदहरूले बैठक बहिष्कार गरेर भएपनि उपस्थितमध्येको बहुमतले पारित गर्ने मोटामोटी सहमति बनेको थियो । शनिवार नै प्रचण्डले दिएका अन्तर्वार्तामा उनले एमसीसी टेबल नगरे सभामुखले राजीनामा गर्नुपर्नेसमेत बताएका थिए । सभामुख सापकोटामाथि प्रचण्डकै आदेशमा एमसीसी संसदमा टेबल नगरेको आरोप लागेका बेला प्रचण्डले राजीनामाको प्रसंग उप्काउनु अर्थपूर्ण थियो ।

चुनावअघि कुनै पनि हालतमा एमसीसीलाई संसद प्रवेश गर्न नदिने रणनीतिमा प्रचण्ड छन् । यदि देउवाको एकल जोडबलमा एमसीसी संसदमा प्रवेश गर्यो भने त्यही विषयलाई लिएर राष्ट्रव्यापी अभियानमा जाने योजना प्रचण्डले बनाइसकेका छन् । चुनावमा एमसीसीविरोधी जनमत क्यास गर्न सकिएमात्र पनि आफूलाई धेरै फाइदा हुने प्रचण्डले देखेका छन् ।

प्रचण्डलाई थाहा थियो जबराविरुद्धको महाभियोग र एमसीसीमा एमाले अनिर्णित छ । दुवै विषयमा एमालेले तत्काल निर्णय गरेर अघि बढ्न असम्भव देखेका प्रचण्डले एमसीसीमा राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै बुधवार देउवासमक्ष पुरानै अडानलाई मोडिफाइ गरेर राखे ।

एकातिर प्रचण्डले देउवालाई इन्गेज गरे भने अर्कोतिर आफ्ना नेता तथा कार्यकर्तालाई एमसीसीको विरोध गर्न सडकमा उतारे । बुधवार एमसीसीको विरोध गर्दै माओवादी नेता तथा कार्यकर्ता, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा मात्र सडकमा आएनन्, बरू राप्रपाका कार्यकर्तासमेतले एमसीसी विरोधी आवाज गुन्जाए । बानेश्वरमा भएको प्रदर्शनमा दर्जनौं घाइते भएका छन् ।

चुनावअघि कुनै पनि हालतमा एमसीसीलाई संसद प्रवेश गर्न नदिने रणनीतिमा प्रचण्ड छन् । यदि देउवाको एकल जोडबलमा एमसीसी संसदमा प्रवेश गर्यो भने त्यही विषयलाई लिएर राष्ट्रव्यापी अभियानमा जाने योजना प्रचण्डले बनाइसकेका छन् । चुनावमा एमसीसीविरोधी जनमत क्यास गर्न सकिएमात्र पनि आफूलाई धेरै फाइदा हुने प्रचण्डले देखेका छन् ।

महाभियोग र एमसीसीको अस्त्र फालेर एमालेलाई न्युट्रलाइज गर्न सफल प्रचण्डले अन्तिम घडीमा देउवालाई अप्ठेरोमा पारेका छन् । यद्यपि देउवाले आगामी ६ गते शुक्रवार बस्ने संसदको बैठकमा कुनै पनि हालतमा एमसीसी टेबल गर्ने अडान लिएका छन् । तर गठबन्धन भत्किने शर्तमा केही पनि काम गर्न देउवा अघि सर्न सक्ने स्थिति बनिसकेको छैन ।

देउवालाई गठबन्धनको आवश्यकता प्रचण्डलाई भन्दा बढी महसुस भएको छ । २०७४ सालमा माओवादी केन्द्रलाई साथमा लिन नसकेकै कारण कांग्रेसले हार बेहोरेको थियो । उक्त हारको नैतिक जिम्मेवारी अहिलेसम्म देउवाकै थाप्लोमा रहेको छ ।

शनिवार केही सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा प्रचण्डले आवश्यक परे पुनः ओलीसँग गठबन्धन हुन सक्ने बताएका थिए । देउवा झस्कनुको मुख्य कारण यही हो । आगामी निर्वाचनमा पनि कम्युनिस्टहरू एक भएदेखि कांग्रेसले हार बेहोर्नुपर्नेमा देउवा सचेत छन् । संसदको तेस्रो शक्ति भएपनि प्रचण्डले दुई ठूला दलको कमजोरीलाई आफ्नो फाइदाको रूपमा प्रयोग गर्ने गरेका छन् ।

नेपाली कांग्रेसका सांसद सन्जय गौतमले हिमालपोस्टसँग भने, ‘गठबन्धन बनिसकेपछि त्यसले गरेको निर्णय पालना गर्नु सबैको नैतिक धर्म हो । एकैपटक सत्तामा पनि बस्ने र सडकलाई पनि आफ्नो राजनीतिक फाइदाका लागि प्रयोग गर्ने काम राम्रो होइन । माओवादीले पब्लिक ओपिनियन हेरेर अघि बढेको छ, यो राम्रो होइन ।’

देउवाले ओलीलाई आफ्नो राजनीतिक फाइदाका लागि एमसीसीलाई प्रयोग गर्न खोजिरहेको आरोप लगाएका छन् । ओलीसँग यसअघि पनि देउवा निरन्तर संवादमै थिए । तर ओलीले देउवालाई पहिला गठबन्धन टुटाएर आउन भने । एमसीसीबारे ओलीसँग खोजेको प्रतिबद्धता नपाएपछि देउवा हच्किएका हुन् ।

गौतमले प्रचण्ड गठबन्धनमै रहेकाले अहिल्यै धोका दिएको भन्नु उपयुक्त नहुने बताए । यद्यपि सत्ता र सडक दुवैलाई आफ्नो पार्टीको मात्र फाइदाका लागि प्रयोग गर्न नहुने सुझाव गौतमको छ ।

कांग्रेसका अर्का सांसदले भने, ‘जबराविरुद्ध महाभियोग ल्याउँदा हाम्रो हस्ताक्षर चाहिने तर एमसीसी संसदमा टेबल गर्नेबेलामा प्रचण्ड भागेको भाग्यै गर्नुभएको छ, यो राम्रो होइन ।’

गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बिहीवारका लागि डाकिएको छ । देउवाले एमसीसी संसदमा टेबल गर्न अन्तिम प्रयास गर्नेछन् । तर प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई मनाउन सक्ने सम्भावना लगभग शून्य छ ।’

गठबन्धन तोडेर एमालेलाई साथमा लिएर एमसीसी अघि बढाउने सम्भावना पनि देउवाले देखेका छैनन् । देउवाले ओलीलाई आफ्नो राजनीतिक फाइदाका लागि एमसीसीलाई प्रयोग गर्न खोजिरहेको आरोप लगाएका छन् । ओलीसँग यसअघि पनि देउवा निरन्तर संवादमै थिए । तर ओलीले देउवालाई पहिला गठबन्धन टुटाएर आउन भने । एमसीसीबारे ओलीसँग खोजेको प्रतिबद्धता नपाएपछि देउवा हच्किएका हुन् ।

नेकपा एसका प्रवक्ता जगन्नाथका अनुसार प्रचण्ड र नेपाल दुवै एमसीसीलाई अघि बढाउने पक्षमा छैनन् । ‘एमसीसी संसदमा कसरी नलैजाने र गइहालेमा कसरी पास नगर्ने भन्नेमा हाम्रो जोड रहन्छ,’ खतिवडाले हिमालपोस्टसँग भने ।

एमसीसी पास गरेर अघि बढ्ने स्थितिमा एमाले पनि नरहेको बुझेपछि प्रचण्डले देउवासँग गरेको मौखिक सहमतिबाट पछि हटेको चर्चा चलेको छ । प्रचण्डको सचिवालय भन्छ, ‘गठबन्धन नटुटोस भन्ने अध्यक्ष कमरेडको चाहना हो, तर एमसीसीकै कारण गठबन्धन तोडियो भने नयाँ गठबन्धन बन्नेमा अध्यक्ष ढुक्क हुनुहुन्छ । यसका लागि उहाँले समानान्तर रूपमा सबैतिर छलफल चलाइरहनु भएको छ ।’