प्रचण्ड बाबुरामबीच वार्ता जारी: माधव, वामदेव र उपेन्द्र मिलाएर नयाँ ध्रुवीकरणमा जाने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रचण्ड बाबुरामबीच वार्ता जारी: माधव, वामदेव र उपेन्द्र मिलाएर नयाँ ध्रुवीकरणमा जाने



काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीबाट केही दिनअघि मात्रै पदमुक्त गरिएका डा बाबुराम भट्टराईबीच भेट जारी छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यलयमा भेट भइरहेको माओवादी केन्द्रका एक सांसदले जानकारी दिए।

प्रचण्ड बाबुरामबीच माधव नेपाल, वामदेव गौतम र उपेन्द्र यादवलाई मिलाएर नयाँ ध्रुवीकरणमा जानेबारे छलफल चलिरहेको छ ।

७ वर्षअघि माओवादी परित्याग गरेर नयाँ शक्ति गठन गरेका भट्टराई त्यसपछि एकता प्रक्रियामार्फत् समाजवादी पार्टी र जसपाको संघीय परिषद् अध्यक्ष भइसकेका छन्। तर, जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसँग विवाद बढ्दै गएपछि उनले केही समय अघिदेखि प्रचण्डसँग संवाद अघि बढाएका छन्। यसअघि दुई नेताबीच उपराष्ट्रपति निवासमा छलफल भएको समाचार सार्वजनिक भएका थिए।

दुई नेताहरु एक ठाउँमा उभिनुपर्ने आवाज उठ्ने गरेको छ। प्रचण्डले पूर्वमाओवादी नेताहरु एक ठाउँमा आउनुपर्ने आशयको अभिव्यक्ति दिँदै आएका छन्। तर, पार्टी छाड्ने बेलामा माओवादीलाई रातो स्टिकर टाँसिएको घरको संज्ञा दिएका भट्टराईले भने यसबारे खासै बोलेको पाइँदैन।

७ वर्षयताका विभिन्न प्रयोगहरु असफल भइसकेको चर्चाबीच उनी माओवादीमा फर्किने वा वामपन्थीहरुलाई मिलाएर नयाँ पार्टी बनाउने आकलन हुँदै आएको छ। यसअघि उनले यथाकदा समाजवादी केन्द्रको आवश्यकता औंल्याउने गरेका छन्।

माओवादी केन्द्र, जसपाको भट्टराई पक्ष, नेकपा एकीकृत समाजवादीबीच अहिले निकटता देखिँदै आएको छ।