प्रचण्ड भेट्न प्रधानमन्त्रीले खुमलटार पठाए विश्वासपात्र - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रचण्ड भेट्न प्रधानमन्त्रीले खुमलटार पठाए विश्वासपात्र



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र देखिएको विवादले झनै चर्को रुप लिएपछि मध्यमार्गी उपाय खोज्ने क्रम जारी छ । विवादको गाँठो फुकाउन नेकपाका दुई अध्यक्ष लगातार वार्ता गर्दापनि समस्या झन् विकराल बन्दै गएको छ ।

विवाद टुंग्याउन दोस्रो तहका नेताहरूले दवाव दिएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मनाउन प्रयास थालेका छन् ।
प्रधानमन्त्री ओलीले विशेष संदेश लिएर आफू निकट तीन नेतालाई खुमलटार पठाएको स्रोतले बताएको छ ।

लगातार बुधबारसम्म दुई अध्यक्षबीच भएको छलफलमा सहमति नजुटेपछि निस्कर्षविहिन बनेर प्रचण्ड बालुवारतबाट निस्किएपछि पार्टीमा झनै ठुलो विवादको खाडल बनेको छ । थप समस्या चुलिएको अवास्थामा प्रधानमन्त्री ओलीले आफू निकट नेताहरूलाई प्रचण्ड भेट्न पठाउनुलाई चासोको हिसावले हेरिएको छ ।

बिहिबार दिउसो ओलीको संदेश लिएर लिएर उनीनिकट तीन नेता स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कार्यकारी अध्यक्ष प्रचण्डलाई उनकै निवास खुमलटार पुगेर भेटेका छन् ।

उनीहरुले प्रचण्डलाई सहमति गरेर अगाडी बढ्न बिभिन्न प्रस्तावसहित आग्रह गरेको स्रोतले दाबी गरेको छ । बुधबार ओली–प्रचण्डबीचको एक्लाएक्लै वार्तामा प्रधानमन्त्री ओलीले पुरानै अडान दोहोर्‍याएपछि कुनै सहमति हुन सकेको थिएन।

अघिल्ल्ला दिनका वार्तामा पार्टीको विवाद केहि मथ्थर भएको आंकलन गरिएपनि बुधबार भएको छलफलले थप दुरी बढाएको नेताहरू बताउने गरेका छन् । असार १० गतेदेखि बसेको नेकपा स्थायी समिति बैठकमा नेताहरुले प्रधानमन्त्री ओलीलाई सरकार र पार्टी दुबैपदबाट राजीनामा दिनुपर्ने माग राखेका थिए ।

तर प्रधानमन्त्री ओलीले दुवै पदबाट नहट्ने अडानमा ओली टसका मस नभएपछि नेताहरुबीचको विवाद थप बल्झिएको हो। दुबैपदबाट राजीनामा दिनुपर्ने मागमा ओली इतरका नेताहरुको पार्टीको सचिवालय, स्थायी कमिटी लगायत पार्टी कमिटीहरुमा बहुमत भएपनि ओलीले सो मागप्रति सकारात्मक छैनन्।