डा. कोइराला भन्छन: प्रचण्डलाई भूतले तर्साइरहेको छ - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

डा. कोइराला भन्छन: प्रचण्डलाई भूतले तर्साइरहेको छ



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गम्भीर टिप्पणी गरेका छन्।

उनले प्रचण्डले जनयुद्ध दिवसमा गिरिजाबाबुको छवी नै धमिल्याउने गरी दिएको अभिव्यक्ति गैरजिम्मेवार र अराजनीतिक भएको बताएका छन् ।

विहीबार एक कार्यक्रममा अध्यक्ष प्रचण्डले स्व. गिरिजाप्रसाद कोइरालाका बारेमा दिएको अभिव्यक्ति गैर जिम्मेवार र अराजनीतिक भएको बताएका हुन् ।

नेता कोइरालाले भने, ‘प्रचण्डजीले गिरिजाप्रसाद कोइरालाबारे दिनुभएको अभिव्यक्ति अत्यन्तै गैरजिम्मेवार र अराजनीतिक छ। जसरी गिरिजाबाबुको कद घटाउॅने प्रयास गरियो त्यो अत्यन्तै निन्दनीय छ।, प्रचण्डजी अझै द्वन्द्वकालिन भुतबाट डराउने र तर्सिने भएको र यसबाट उन्मुक्ति पाउन यस्तो बोलेको जस्तो देखिन्छ।’

नेता कोइरालाले आफू पनि १२ बुँदे सहमतिमा सहभागी भएको जनाउँदै स्व. गिरिजाप्रसाद कोइरालाले प्रचण्डसँग कहिले पनी त्यस्तो कुरा नगरेको बताए ।

उनले ऐतिहाँसिक व्यक्तित्वको छविमाथी जसरी हिलो छ्याप्ने प्रयास गरियो यसबाट प्रचण्डले ईतिहासमा ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

अध्यक्ष प्रचण्डले ‘जनयुद्ध’ का बेला कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ठूल्ठूला आक्रमण गर्न सुझाउने गरेको अभिव्यक्ति दिएका थिए ।