प्रचण्डले प्रधानमन्त्री ओलीको बखान गर्दा राष्ट्रपति नै अकमक्क परेपछि... - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रचण्डले प्रधानमन्त्री ओलीको बखान गर्दा राष्ट्रपति नै अकमक्क परेपछि…



काठमाडौँ- सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । नेकपाको विवाद उत्कर्षमा पुगेका बेला मंगलबार साँझ अध्यक्ष दाहाल शितल निवास पुगेर राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।

मंगलबार साँझ राष्ट्रपतिलाई भेटेर दाहाल फर्किएको राष्ट्रपतिको सचिवालय स्रोतले जनाएको छ । स्रोतका अनुसार राष्ट्रपति भण्डारीले दुई अध्यक्ष मिल्न दाहाललाई सुझाव दिएकी थिइन् तर प्रचण्डले प्रधानमन्त्री ओलीमा निकै घमण्ड बढेको र पार्टीलाई नै टेर्न छाडेको बताएका थिए ।

भेट पहिले जस्तो सौहार्दपूर्ण नभएको पनि स्रोतले जनाएको छ । ‘ओलीजीलाई हामीले धेरै मौका दिएका थियौँ, पार्टी मिलाउनकै लागि मैले निकै धेरै अपमान समेत खेपेको छु यति गर्दा पनि ओलीजीको दम्भ र घमण्ड झन् बढ्दै गयो’ प्रचण्डको भनाई उद्घृत गर्दै स्रोतले भन्यो ।

स्रोतका अनुसार पछिल्ला घटनाक्रम र प्रधानमन्त्री ओलीले आफूमाथि गरेका ब्यबहार प्रचण्डले सविस्तार बताएका थिए । प्रचण्डको कुरा सुनेर राष्ट्रपति भण्डारी अकमक्क परेको समेत बताइएको छ । जवाफमा राष्ट्रपति भण्डारीले पछिल्लो समय आफूले भनेको पनि ओलीले मान्न छाडेको बताएकी थिइन् ।

कात्तिक २८ को सचिवालय बैठकमा अध्यक्ष दाहालको तर्फबाट राजनीतिक प्रस्ताव पेस भएपछि अर्को दिन प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले पनि राष्ट्रपतिलाई भेटेका थिए ।

नेकपामा विवाद बढेसँग राष्ट्रपतिको सक्रियता पनि बढेको छ । यसअघि पनि विवाद हुँदा राष्ट्रपति भण्डारीले दुई अध्यक्ष मिलाउन भूमिका खेल्दै आएकी थिइन् । उनले केही दिनअघि उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटार बोलाएर पार्टी एकता बचाउन भूमिका खेल्न आग्रहसमेत गरेकी थिइन् ।

सचिवालय बैठकमा दाहालको तर्फबाट प्रस्ताव पेस भएपछि बुधबारका लागि तय भएको सचिवालय बैठक टार्ने पक्षमा ओली छन् । केही दिन बैठक स्थगित गर्ने ओलीको प्रस्ताव लिएर महासचिव विष्णु पौडेल मंगलबार दाहाललाई भेट्न खुमलटार पुगेका थिए । तर, दाहालले बुधबार तय भएको बैठक स्थगित नहुने अडान राखेपछि महासचिव पौडेल फर्किएका थिए ।