प्रचण्डले दस गुणा मत पाउँदा बुहारी भने तेस्रोमा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रचण्डले दस गुणा मत पाउँदा बुहारी भने तेस्रोमा



माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरुवातमै प्रतिस्पर्धी भन्दा दस गुणा मतले लीड गरेका छन् ।

प्रचण्डले १३० मत ल्याउँदा उनको विरुद्ध उठेका एमालेमा अब्दुस मियाँले भने १३ मत मात्रै प्राप्रमत गरेका छन् ।

यता प्रचण्डले गोरखामा अग्लो मतान्तर बनाउँदा कञ्चनपुर क्षेत्र नम्बर १ मा भने विना मगरको अवस्था चिन्ताजनक बनेको छ ।

कञ्चनपुर १ को मतगणनामा नेकपा एमालेले मतान्तर बढाएका छन् ।

१ हजार मत गणना हुँदा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार तारा लामा तामाङले पाँच सय ९७ मत पाएका छन् ।

बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बिना मगरले भने दुई सय ३६ मत पाएकी छन् ।