चितवन पुगेर प्रचण्डले भने: 'अब म चुनाव लड्दिन' - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

चितवन पुगेर प्रचण्डले भने: ‘अब म चुनाव लड्दिन’



चितवन- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेर आब आफू सकेसम्म चुनाव नलड्ने बताएका छन् । उनले आफू अन्तिमपटक चुनाव लड्ने सोचबारे बताए ।

उनले चितवनमा एमालेले गर्ने महाधिवेशनले आफूलाई नै फाइदा हुने बताएका छन् । मंगलबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले एमालेको महाधिवेशनसँगै आफ्नो विजयी सुरुवात भएको दाबी गरे ।

“एमालले मलाई कति महत्व दिँदोरहेछ, प्रचण्डको राष्ट्रिय राजनीतिमा कति भूमिका छ भन्ने चितवनका जनताले राम्रै रूपमा बुझ्ने भए,” उनले भने । एमालले महाधिवेशन गरेपछि आफ्नो पार्टीको महाधिवेशन पनि चितवनमै गरिने उनले बताए । उनले आफ्ना लागि आगामी निर्वाचन अन्तिमपटक पनि हुनसक्ने बताए ।

“मेरो यो अन्तिमपटक निर्वाचन लड्ने हुनपनि सक्छ । तर, मैले चितवन छोड्ने भन्ने कुरा आउँदैन,” उनले भने ।

प्रधानन्यायधीशको विषयमा उनले एउटा मन्त्रीको विषयलाई लिएर विवाद चर्किएको र न्यायालयको स्वतन्त्रमा कहीकतैबाट आँच आउन नहुने बताए । उनले न्यायालयमा देखिएको विवादबारे गठबन्धन केही दिनमै निष्कर्षमा पुग्ने पनि बताए ।

“न्यायापालिका, कार्यपालिका र व्यवस्थापिकले आ-आफ्नो स्वतन्त्रता कायम राख्न बल गर्नुपर्छ,” प्रचण्डले भने ।

अहिले न्यायालय विवादबारे गठबन्धमा कुनै छलफल नभएको उनको भनाइ छ । “हिजोमा त तीनवटा पार्टीसँग छलफल भएको थियाे । पाँचओटा पार्टी जुटेर यो बारेमा छलफल गर्ने भन्ने भएको छ । तर, महाअभियोगमा त चर्चै भएकै छैन । त्यो प्रसंगनै छैन,” उनले भने ।