प्रचण्ड भन्छन: नेपालका कम्युनिस्ट पार्टीहरू कम्युनिस्ट नै होइनन् - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रचण्ड भन्छन: नेपालका कम्युनिस्ट पार्टीहरू कम्युनिस्ट नै होइनन्



काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका कम्युनिस्ट पार्टीहरू कम्युनिस्ट नै नभएको बताएका छन् ।

गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्वारा लिखित जनताको जनवादका आधार पुस्तकको आज काठमाडौमा लोकार्पण गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै दाहालले कम्युनिष्ट पार्टी र पुँजीपति वर्गको साझा नेतृत्वबाट मात्र नेपालको क्रान्ति टुंगोमा पुग्न सफल भएको बताएका छन् ।

उनले नेपालको क्रान्ति नयाँ जनवादी क्रान्ति वा पुरानो पुँजीपति क्रान्ति दुवै नभएकाले यसलाई नेपालको मौलिक क्रान्तिको रुपमा बुझ्नु पर्ने बताए ।

कम्युनिष्ट पार्टीको विचार र राजनीति प्रष्ट भएमात्र अगाडि बढ्न सक्ने भन्दै नेपालको कम्युनिष्ट पार्टीमा विचार र राजनीति प्रष्ट नभएको बताए ।

उनले जनताको जनवादका आधार नामक पुस्तकले पार्टीको विचार बुझ्न र पार्टीलाई अगाडि बढाउन मद्दत गर्ने बताए ।

पुस्तकका टीप्पणीकार नेता युवराज ज्ञवालीले पार्टीलाई अगाडि बढाउन सिद्धान्त र विचारबाट मात्र सकिन्छ भन्ने सन्देश पुस्तकले दिएको बताए ।