देउवाले गरेको निर्णय प्रचण्डले गरे खारेज - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

देउवाले गरेको निर्णय प्रचण्डले गरे खारेज



पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गरेको निर्णय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खारेज गरेका छन् । नेपाली नागरिकले विदेशबाट एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न प्रचण्डले निर्देशन दिएका छन् ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले गत पुस १५ गतेदेखि विदेशबाट नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय गरेको थियो । उक्त निर्णयको सर्वत्र विरोध भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अर्थमन्त्री विष्णु पौडेललाई निर्देशन दिएका छन् ।

विदेशबाट फर्किंदा एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयले वैदेशिक रोजगारीमा गएका नेपालीलाई आहत र केही व्यापारी घरानालाई फाइदा दिएको भन्दै सरकारको चर्को आलोचना भइरहेको थियो । प्रधानमन्त्री प्रचण्डको निर्देशनसँगै तत्काललाई यो निर्णय कार्यान्वयन रोकिएको छ ।