प्रधानमन्त्री र देउवा बिच भनाभन ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रधानमन्त्री र देउवा बिच भनाभन !



 

हिमालपोष्ट/काठमाडौं,२७ माघ

नेपाल प्रहरीको महानिरीक्षक कसलाई बनाउने भन्नेबारे प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवावीच भनाभन भएको छ। यही विवादका कारण आज बस्ने भनिएको मन्त्रिपरिषद बैठकसमेत स्थगित भएको छ ।

यही साता अवकाश पाउन लागेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका ठाउँमा बरियताका आधारमा डीआइजी नवराज सिलवाललाई आइजी बनाउनुपर्ने अडानमा प्रधानमन्त्री प्रचण्ड उभिएका छन् भने देउवा तेश्रो बरिएताका जय बहादुर चन्दलाई बनाउनु पर्ने अडान राखेका छन।

प्रहरी संगठनभित्र पार्टीहरुले हस्तक्षेप गर्न नहुने र संगठनमा अहिलेसम्म रहेको चेन अफ कमाण्डलाई बिगार्न नहुने प्रधानमन्त्रीले देउवालाई बताएका छन् । प्रहरीको चेन अफ कमाण्डलाई ख्याल गर्दै सिलवाललाई नै आइजी बनाउनुपर्ने प्रचण्डले बताए पनि देउवाले चाहिँ तेस्रो बरियताका डीआइजी जयबहादुर चन्दलाई आइजी बनाउन प्रधानमन्त्रीलाई दबाव दिएको स्रोतले बतायो ।

उता देउवाले चन्दलाई आइजी नबनाउने हो भने राजीनामा दिन गृहमन्त्री विमलेन्द्र निधीलाई चेताबनी दिएको खबर सञ्चार माध्यम हरुले बताएका छन। कांग्रेसका मन्त्रीहरुलाई पनि क्याबिनेटमा सिलवालको प्रस्ताव आएमा विरोध गर्न निर्देशन दिएको बताइएको छ।

सिलवाललाई नबनाउने हो भने दोस्रो बरियताका प्रकाश अर्याललाई बनाऔं न त भनेर प्रधानमन्त्री प्रचण्डले देउवालाई अप्सन दिएका थिए। तर, देउवाले भने जसरी पनि चन्दलाई बनाउनै पर्छ भनेर अडान कसेपछि प्रधानमन्त्रीले आज बस्ने मन्त्रिपरिषद बैठक नै स्थगित गरिदिएका छन् ।

प्रधानमन्त्रीले बैठक स्गथित भएको सूचना मन्त्रीहरुलाई दिन मुख्यसचिव लाई निर्देशन दिएका छन।