प्रधानमन्त्री देउवा र प्रचण्डबीच 'वान टु वान' वार्ता: यस्ता छन् पछिल्ला सहमति - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रधानमन्त्री देउवा र प्रचण्डबीच ‘वान टु वान’ वार्ता: यस्ता छन् पछिल्ला सहमति



काठमाडौं: स्थानीय तहको निर्वाचनको मिति तोक्न सत्ता गठबन्धनलाई टाउको दुखाइको विषय बनेको छ। मंगलबार बसेको सत्ता गठबन्धको बैठकले वैशाखमै निर्वाचन गर्ने सहमति भए पनि मितिको टुंगो लगाउन सकेको छैन।

सोही विषयमा छलफल गर्न आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ। प्रधानमन्त्री निवासमा बालुवाटारमा भएको छलफलमा चुनाव केन्द्रीत वार्ता भएको बताइएको छ।

‘प्रधानमन्त्री देउवा र प्रचण्डबीच स्थानीय तहको निर्वाचन केन्द्रीत छलफल भएको हो। वैशाखमै गर्नुपरे कति गते गर्ने वा सार्नपरे कहिलेलाई सार्ने विषयमा छलफल केन्द्रीत रहेको थियो,’ खुमलटार स्रोतले भन्यो। प्रधानमन्त्री देउवा र प्रचण्डबीच गम्भीर छलफल भएको बताइएको छ।

त्यस्तै दुईबीच नेपाल प्रहरीतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दीको विषयमा पनि छलफल भएको छ। कोसलाई एआइजीमा ल्याउने विषयमा छलफल भएको स्रोतले बतायो।

प्रमुख प्रतिपक्षी दलले स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई दबाब दिँदै आएको छ। निर्वाचन आयोगले पनि कानुनअनुसार वैशाखमा जसरी पनि स्थानीय तहको निर्वाचन गराउन सरकालाई ताकेता गर्दै आएको छ।