प्रचण्डका दुई घोषणा: प्रधानमन्त्री बन्दिन, चितवनबाटै चुनाव लड्छु - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रचण्डका दुई घोषणा: प्रधानमन्त्री बन्दिन, चितवनबाटै चुनाव लड्छु



टोकियो- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधिसभा निर्वाचन लड्ने आफ्नो क्षेत्रको घोषणा गरेका छन् । उनले आउँदो चुनावमा पनि चितवन-३ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन्।

जापान भ्रमणमा रहेका प्रचण्डले नेपाली पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। उनले भने, ‘मैले प्रष्टसँग ४–५ महिना अगाडिदेखि भनेको छु। म अन्तबाट होइन, चितवनबाटै लड्छु। चितवनको पनि क्षेत्र नम्बर ३ बाटै लड्छु, बरु तपाईंहरु जापानमा रहने साथीभाइहरुले पनि सहयोग गर्नुहोला।’

प्रचण्डले आफूलाई चुनाव लड्नका लागि रुकुम, गोरखा, धनुषा, सिरहा, कालीकोटबाट पनि प्रस्ताव आएको समेत बताएका छन् । उनले भने, ‘साथीहरुलाई प्रचण्ड आइदिएदेखि जिल्लाको विकास ब्यापक रुपले हुन्थ्यो, जिल्लाको पहिचान हुन्थ्यो भन्ने लागेको छ, तर साथीहरु सबैलाई धन्यवाद भन्दै म चाहिँ यसपटक चितवनबाटै लड्छु भनेको छु।’

पत्रकारहरूसंगको कुरानीको क्रममा प्रचण्डले आफू प्रधानमन्त्री बन्ने दौडमा भने नरहेको समेत घोषणा गरेका छन् । चुनावपछि प्रधानमन्त्री हुन खोजेको भनेर हल्ला चलाइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै प्रचण्डले आफू दुई पटक प्रधानमन्त्री भइसकेकाले प्रधानमन्त्रीकै लागि छिनाझपटीमा नगर्ने बताए ।