पोलपोलमा प्रचण्डका घरबेटी, बाँदर र कुकुरसँग जोडियो फोटो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पोलपोलमा प्रचण्डका घरबेटी, बाँदर र कुकुरसँग जोडियो फोटो



काठमाडौं- प्रचण्डका घरबेटी तथा सैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीको फोटोमा बाँदरको फोटो जोडेर नगरकोटका पोल पोलमा टाँसिएको छ। नगरकोटका स्थानीय तथा पर्यटन व्यवसायीले उनको विरोध बिरोध गर्दै यसरी पोल र गाडीमा उनको फोटो टाँसेका छन् ।

ठेक्का पाएको लामो समयसम्म भक्तपुरको कमलविनायकदेखि नगरकोटको भट्टेडाँडासम्मको सडक कालोपत्रे नगरेपछि स्थानीयले उनीप्रति आक्रोश पोख्दै यसरी बिरोधमा उत्रेका छन् ।

देशकै प्रमुख मध्यको एक पर्यटकीय स्थल मानिने नगरकोटको सडक नबनाएपछी स्थानीयबासी, ब्यापारी, यात्रु र पर्यटकले सास्ती भोगिरहेका छन्। अहिले स्थानीयहरू आजित भएपछि अधिकारीको फोटो सडकका पोलदेखि सार्वजनिक तथा निजी सवारीसाधनमा समेत टाँसिएको छ।

फोटोमा बाँदर र कुकुरको फोटोसँगै ठेकेदार अधिकारीको फोटो जोडेर नगरकोटको सडक कालो पत्रे गर भनी लेखिएको छ। कमलविनायकदेखि नगरकोटको भट्टेडाँडासम्म १५.६६० किलोमिटरको सडक स्तरोन्नतिका लागि उनीसँग २०७१ असार २ गते सम्झौता भएको थियो।

नगरकोटसम्मको बाटो बनाउनका लागि सैलुङ एआइपिएल जेभीसँग ३१ करोड ५२ लाख ९२ हजार २ सय २० रुपैयाँमा सम्झौता भएको थियो। सम्झौता अनुसार ठेकेदार २०७३ असार ४ गते सम्ममा निर्माण सम्पन्न गरी बुझाउनुपर्ने थियो।

फोटो: सामाजिक सञ्जाल