वाम एकताको चर्चा चलिरहेका बेला प्रचण्डले गरे यस्तो घोषणा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

वाम एकताको चर्चा चलिरहेका बेला प्रचण्डले गरे यस्तो घोषणा



काठमाडौं- वाम एकताको चर्चा चलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन वा तालमेल नहुने घोषणा गरेका छन् ।

कोटेश्वर पेरिसडाँडामा बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका हुन् । एमालेसँग गठबन्धन हुन नसक्ने भएकाले कांग्रेसको विकल्प खोज्न नहुने उनले बताए ।

कांग्रेससँग सहकार्य गर्ने भएकाले दायाँबायाँ नसोच्न नेताहरूलाई प्रचण्डले आग्रह गरे । समाजवादी केन्द्र निर्माणबारे शीर्ष तहमा छलफल चलिरहे पनि त्यसले मूर्तरूप नपाएको उनले बताए।

बैठकमा नेताहरूले पदाधिकारीसहित सम्पूर्ण कमिटी टुंग्याउन दबाब दिएका थिए । महाधिवेशन भएको महिनौँ बितिसक्दा समेत माओवादीमा अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गर्न सकेको छैन।