खुमलटार पुगेर राजेश हमालले भेटे प्रचण्ड, के भयो कुराकानी ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

खुमलटार पुगेर राजेश हमालले भेटे प्रचण्ड, के भयो कुराकानी ?



काठमाडौं- अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।

शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर हमालले करिब आधा घण्टा छलफल गरेका थिए ।

भेटको अवसर नेकपा माओावदीको भातृसंगठन जनसांस्कृतिक संघका संयोजक समेत रहेका सङ्गीतकार चेतन सापकोटाले मिलाइदिएका हुन्।

भेटमा समसामयिक देशको राजनीतिक र फिल्म उद्योगको विषयमा छलफल भएको चेतन सापकोटाले बताए।