नेपाल–भारतबीचको सम्बन्धमा सकारात्मक वातावरण बनाउन लागिरहेको छु: प्रचण्ड - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नेपाल–भारतबीचको सम्बन्धमा सकारात्मक वातावरण बनाउन लागिरहेको छु: प्रचण्ड



नयाँ दिल्ली- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि भ्रमण गरेको बताएका छन् ।

शनिबार भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको कार्यालयमा न्युज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै उनले भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा आफू भारत भ्रमण आएको बताए ।

उनले करिब तीन महिना पहिले नै कार्यक्रम तय भइसकेकोले यो आकस्मिक भ्रमण नभएको दाबी गरे । आफ्नो भारत भ्रमण सद्भावना भ्रमण रहेको उल्लेख गर्दै नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरूसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउनमा आफ्नो प्रयास हुने स्पष्ट पारे ।

आज बिहान अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासँग पनि भारतमा भेट गरेका थिए ।

अध्यक्ष दाहालले आज भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग पनि भेटवार्ता गर्ने कार्यसूची छ । आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर स्वदेश फर्किने कार्यतालिका छ ।