प्रचण्डकी जेठी बुहारी पनि राजनीतिमा, बनिन विद्याकी सहयात्री - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रचण्डकी जेठी बुहारी पनि राजनीतिमा, बनिन विद्याकी सहयात्री



काठमाडौं- देशैभर चासो र चर्चाको विषय बनेको कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार रहेकी विद्या भट्टराईले आफ्नो चुनावी प्रचारलाई तिव्रता दिएकी छिन् । उम्मेद्वारी दर्तासँगै तातिएको कास्कीको माहोलमा प्रचण्ड परिवार पनि सामेल छन ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकी बुहारी सिर्जना त्रिपाठी पनि विद्या भट्टराईको चुनावी अभियानमा होमिएकी छन् । सिर्जना त्रिपाठी प्रचण्डका दिवंगत पुत्र प्रकाशकी जेठी श्रीमती हुन् ।

सिर्जना अहिले काँस्कीमै राजनीतिमा सक्रिय छिन् । उनले विद्याको चुनावी प्रचारमा आफूलाई सक्रिय राखेकी छिन् । विद्यासँगको घरदैलो कार्यक्रम त्रिपाठी खटिएकी छन् ।

त्रिभुवन विश्वविद्यालयको प्राध्यापन पेशाबाट राजिनामा दिएर निर्वाचनमा आएकी भट्टराईले उक्त स्थानका स्थानीयवासीसँग अन्तक्र्रिया र भेटघाट गरेर अभियान शुरु गरेकी हुन् । उक्त क्षेत्रबाट नेपाली काङ्ग्रेसले भने खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । उनी पाका नेता हुन् ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्यको पदका लागि कास्की क्षेत्र नं २ मा उपनिर्वाचन हुन लागेको हो । कूल ७१ हजार ८७१ मतदाता रहेको सो क्षेत्रमा ३२ मतदानस्थल र ८२ मतदान केन्द्र रहेको छ । उम्मेदवारले कात्तिक २१ गते मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।