प्रचण्डले दिए कार्यकर्तालाई कडा निर्देशन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रचण्डले दिए कार्यकर्तालाई कडा निर्देशन



काठमाडौँ- नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले तानाशाही प्रवृत्तिविरुद्ध धैर्यतापूर्वक र दृढतापूर्वक प्रतिकारमा उत्रन कार्यकर्तालाई निर्देशन दिएका छन् । बुधबार काठमाडौंमा आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलामा अध्यक्ष दाहालले भने, ‘पार्टीभित्र देखिएको तानाशाही प्रवृत्तिविरुद्ध धैर्यतापूर्वक र दृढतापूर्वक प्रतिकारमा उत्रनुस् ।’

मुलुकलाई ठूलो संकटमा पुराउने कोसिस भएको भन्दै यसलाई रोक्नुपर्ने दाहालको भनाइ छ । दाहालले संविधानलाई बेवास्ता गर्दै प्रतिनिधि सभा विघटन गर्ने र मुलुकलाई ठूलो संकटमा पुर्‍याउने कोसिस भएकाले यसलाई जनताले नै रोक्नुपर्ने बताए ।

उनले अहिलेको संवैधानिक निकायलाई सहजीकरण गर्न जनताको अदालतमा जाने बताए । आफ्नै पार्टीको नेताले संविधानको मर्म र भावनालाइ कुल्चने अवस्था आउनु दुर्भाग्य भएको दाहालले बताए ।

त्यस्तै नेकपा (प्रचण्ड-नेपाल समूह)का अध्यक्ष माधव कुमार नेपालले आफुहरू नै मुल पार्टी भएको भन्दै ओलीले गुटमात्र चलाइरहेको आरोप लगाए । कार्यक्रमका अन्य सहभागीहरूले संविधानको रक्षा गर्दै आदिवासीलगायतको अधिकार स्थापीत गर्न एकताबद्ध भएर लाग्‍नुपर्ने धारणा राखेका थिए ।