चिनियाँ राजदूतलाई भेटेलगत्तै ओलीकहाँ किन पुगे प्रचण्ड ? - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

चिनियाँ राजदूतलाई भेटेलगत्तै ओलीकहाँ किन पुगे प्रचण्ड ?



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चिनियाँ राजदूतलाई भेटेलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटस्थित उनको निवास पुगेका छन् ।

बिहान बालुवाटारमा चिनियाँ राजदूतसँग शिष्टाचार भेटवार्तालगत्तै दाहाल सत्ता साझेदार एमालेका अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

अहिले दुई नेताबीच भेटवार्ता चलिरहेको छ । संसद्‌बाट विश्वासको मत लिएको एक साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मन्त्रालय भागवण्डाबारे छलफल गर्न दाहाल ओली निवास पुगेका बताइएको छ ।

नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि सत्ता गठबन्धनमा अविश्वासको बादल मडारिएका बेला दाहाल–ओलीबीच लगातार भेटवार्ता भइरहेका छन् ।