प्रचण्डको प्लान 'बी' पछि झस्किए देउवा, बिहानै खाँणलाई पठाए खुमलटार - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रचण्डको प्लान ‘बी’ पछि झस्किए देउवा, बिहानै खाँणलाई पठाए खुमलटार



काठमाडौं- सत्ता गठबन्धन भत्किने र बाम गठबन्धन बन्ने लक्षण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फकाउन सुरू गरेका छन् । देउवाले गृहमन्त्री बालकृष्ण खाँण बुधबार बिहानै देउवाको दुत बनेर प्रचण्ड भेट्न पुगेका छन् ।

प्रचण्डले प्लान ‘बी’ सुरू गरेको चर्चा अहिले बजारमा छ । प्लान ‘बी’ अन्तर्गत बाम गठबन्धन वा समाजवादी केन्द्र निर्माण रहेको केहि नेताहरूले बताउने गरेका छन् । प्रचण्ड र खाँणबीच बुधबार बिहान भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न गृहमन्त्री खाँण विहान ८: ०५ मा खुमलटार पुगेका हुन् । बाम एकताका लागि माओवादी ध्यक्ष प्रचण्ड सकारात्मक बनेको खबरपछि खाँण खुमलटार पुगेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाकै निर्देशनमा खाँण प्रचण्डसँग छलफल गर्न उनकै निवासमा पुगेको बताइएको छ । अमेरिकासँग देउवा नजिकिएको भन्दै प्रचण्ड यतिबेला बैकल्पिक योजनामा लागेको बताइन्छ ।

चुनावी सरकारको नेतृत्व आफूलाई दिन प्रचण्ड ले प्रधानमन्त्री देउवामाथि दबाव बढाइरहेको चर्चा पनि यतिबेला चलेको छ । तर देउवा प्रधानमन्त्री छोड्न सहमत नभएपछि दाहालले उनिमाथि दबाव बढाएको बताइन्छ ।

सके बाम गठबन्धन बनाउने नभए समाजवादी केन्द्र गठनका लागि प्रचण्डले छुट्टै अभ्यास थालेका छन् । माओवादीसहित एकिकृत समाजवादी र जसपाका नेताहरुबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल चलिरहेको छ ।

नेपाली कांग्रेस र एमालेलाई काउण्टर दिन सकिने योजनासहित उनिहरुले समाजवादी केन्द्र गठनको लागि छलफल गरिरहेका छन् । नेताहरु वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, झलनाथ खनाल, वेदुराम भुसाल, उपेन्द्र यादव र इस्तियाक राई समाजवादी केन्द्र बनाउन सक्रिय छन् ।