प्रचण्डको औपचारिक प्रस्ताव- गठबन्धन जोगाउन मलाई प्रधानमन्त्री चाहियो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रचण्डको औपचारिक प्रस्ताव- गठबन्धन जोगाउन मलाई प्रधानमन्त्री चाहियो



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री आफू बन्नुपने औपचारिक प्रस्ताव गरेका छन् । यसअघि सरकारको नेतृत्व आफूले पाउनुपर्ने भन्दै मुख खोलेका छन् ।

प्रचण्डले बिहीबार कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँगको भेटमा यस्तो प्रस्ताव गरेका हुन् । प्रचण्डले पहिलो चरणमा सरकारको नेतृत्व आफूले पाउनुपर्ने बताएका थिए ।

प्रचण्डले कांग्रेसमा आन्तरिक किचलो भएका कारण आफू प्रधानमन्त्री बन्दा सबैलाई सहज हुने बताएका थिए । सिटौलासंगको भेटमा प्रचण्डले गठबन्धन जोगाउन पनि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका थिए ।

बिहीबार खुमलटार पुगेका सिटौलासँग प्रचण्डले माओवादीले सरकारको नेतृत्व पाउनुपर्ने प्रस्ताव गरे । खुमलटारमा सिटौलाले प्रचण्डलाई बधाई दिएका थिए । उनले कांग्रेस सबैभन्दा ठूलो पार्टी भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्ने भन्दै त्यसका लागि समयमै निर्णय गर्नुपर्ने बताएका थिए ।

तर, प्रचण्डले कांग्रेसभित्रको आन्तरिक रस्साकस्सीलाई आधार बनाउँदै आफूले सरकारको नेतृत्व गर्नुपर्ने बताएका हुन् ।

कांग्रेसमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले आफू प्रधानमन्त्रीको दौडमा रहेको बताउँदै आएका छन् ।