सरकारले काम गर्न सकेन, अब प्रचण्ड प्रधानमन्त्री : पौडेल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सरकारले काम गर्न सकेन, अब प्रचण्ड प्रधानमन्त्री : पौडेल



बुटवल– सत्तारुढ नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टी एकताअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार सरकारको नेतृत्व परिवर्तन हुनैपर्ने बताएका छन् ।

पैडेलले आलोपालो सरकारको नेतृत्व गर्नेलगायतका ५ बुँदे सहमति कुनै हालतमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए । ‘सरकारको नेतृत्व आलोपालो गर्ने गरी पाँचबुँदे सहमति भएकै हो’, शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा पौडेलले भने, ‘सहमति सार्वजनिक भएकै छ ।

उनले सरकारले काम गर्न नसकेको, जनतामा चरम असन्तुष्टि बढेकोले अब प्रचण्डनै प्रधानमन्त्री बन्नुपर्ने बताए ।

इमान्दारीसाथ पालना गरेर अघि बढ्नुपर्छ ।’ यद्यपि अहिल्यै सरकारको नेतृत्व परिवर्तन गर्ने बेला भने आइनसकेको उनले बताए ।

पौडेलले अबको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भएको पनि बताए । पौडेलले सरकारको कामकारबाहीमा असन्तुष्टि जनाउँदै मन्त्री परिवर्तन गर्नुपर्ने उल्लेख गरे ।